डोल्पामा उपचार नपाएर एक सुत्केरीको मृत्यु, एकको हेलिकप्टरबाट उद्दार

डोल्पामा उपचार नपाएर एक सुत्केरीको मृत्यु, एकको हेलिकप्टरबाट उद्दार

डोल्पा : डोल्पाबाट एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्दार गरिएको छ । गर्भवती रहेकी महिलाको उच्चारक्तचापले अचेत हुँदा सुर्खेत लगिएको हो । 

जिल्लाको त्रिपूरासुन्दरी नगरपालिका ४ पञ्चीरुपा धरला अचेत भएपछि उनलाई जिल्ला प्रशासन कार्यालयको पहलमा सुर्खेत क्षेत्रीय अस्पताल लगिएको छ । धरालाको पेटमा रहेको बच्चा मरिसकेको र उनको उच्च रक्तचापको कारण अचेत अवस्थामा रहेकोले जिल्ला अस्पताल डोल्पामा शल्यक्रिया गर्न नसकेको स्वास्थ्य सेवा प्रमुख डाक्टर सजिन रावलले जानकारी दिए । 

रावलले जिल्ला अस्पतालमा भेन्टीलेटर छैन, बच्चा पेटमा मरेको अवस्थामा शल्यक्रिया नगरे आमाको ज्यान जाने र मृगौला र मस्तिष्कमा समेत घात गर्ने हुँदा आमाको ज्यान जोगाउन सुर्खेत पठाएको बताए । जिल्ला अस्पतालमा रहेकोले धरलाको ज्यान जोगिने भएको छ । तर आजै एक जना महिलाको भने ज्यान गएको छ । उनको सुत्केरी हुँदा उच्च रक्तश्रावको कारण मृत्यु भएको हो  । 

ठुलीभेरी नगरपालिका ६ की २७ वर्षीया लालुकुमारी रोकायाको भने ज्यान गएको हो । शुक्रबार घरमा साँझ सुत्केरी ब्यथा लागेको र बिहान ७ बजेतिर उनको उच्च रक्तश्रावले ज्यान गएको स्थानीय हिमाल रोकायाले जानकारी दिए । 

रोकायाले भने, 'बच्चा जन्मियो आमाले धर्ति छोडिन् । उनलाई रक्तश्राव धेरै भएको थियो । तत्काल कतै पनि उद्दारको लागि पहल गर्ने समय नै पुगेन आखिर एक आमाको ज्यान गयो ।'

लालुकुमारीको बच्चा जिवित छ तर आमाको भने ज्यान गएको छ । स्थानीय भन्छन्, 'नजिक स्वास्थ्यचौकी नहुँदा ज्यान गयो । हेलिकप्टरबाट लान सक्ने  कुनै जानकारी थिएन । गाँउमा स्वास्थ्यकर्मी थिएनन्। ज्यान गयो ।' 

'ठुलाकै लागि रैछ हेलिकप्टर, अस्पताल। गरिबले आखिर ज्यान गुमाउनै पर्ने रहेछ' ,हिमाल रोकायाले दुख पोखे। लकडाउनले जिल्ला अस्पतालसम्म लान नसकिएको र नजिक कुनै स्वास्थ्यसंस्था पनि नभएर यस्तो भएको उनले बताए ।

राष्ट्रपति महिला उद्धार कोषबाट हालसम्म डोल्पाबाट मात्रै यस वर्ष सुत्केरी तथा गर्भवती महिलाको हेलिकप्टरमार्फत १४ जनाको उद्दार गरिसकिएको छ । त्यसमध्ये दुईजनाको भने मृत्यू भएको छ । उकरण अभावकै कारण पनि आपतमा हेलिकप्टरबाट शहरमै लैजानुपर्ने बाध्यता रहेको छ ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.