सुनसरीको मस्जिदमा भेटिए ११ भारतीय, स्वाब लिएर क्वारेन्टाइनमा राखियो

सुनसरीको मस्जिदमा भेटिए ११ भारतीय, स्वाब लिएर क्वारेन्टाइनमा राखियो

इटहरी : सुनसरीको बर्जु गाउँपालिकामा फेरि ११ जना भारतीय नागरिक फेला परेका छन् । त्यहाँको मस्जिदमा भेटिएका उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरीले इटहरी क्वारेन्टाइन पठाएको छ । प्रहरीले ११ भारतीय नागरिकसहित अर्का एक उराँव समुदायको व्यक्तिलाई इटहरी क्वारेन्टाइन ल्याएको हो । 

डेढ महिनाअघि नेपाल आएको बताउने ११ जना मुस्लिम समुदायका धार्मिक गुरुहरूलाई बर्जुको मस्जिदबाट प्रहरीले फेला पारेको हो । 
उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिइ स्वाब परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको थियो । धरानमा उनीहरुको ज्वरो परीक्षण गर्नुका साथै स्वाब लिइएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सह प्रवक्ता डा. अशोक ऐरले बताए । डा. ऐरका अनुसार बेलुकासम्म उनीहरूको रिपोर्ट आइसक्छ । 

उनीहरुलाई प्रहरीले राती अबेर इटहरी उपमहानगरले बनाएको जनता बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा ल्याइपुर्याएको इटहरी उपमहानगरकी उपमेयर लक्ष्मि गौतमले बताइन् । यसअघि नै पनि सुनसरीको इटहरी, दुहबी र हरिनगरमा रहेका मस्जिदमा गरेर ३३ जना विदेशी रहेको पत्ता लागेको थियो । यसरी भेटिने कतिपय विदेशीहरु लकडाउनको समयमा सुनसरी छिरे पनि ढाँटेर केही महिनाअघि नै आएको भन्दै बस्ने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.