विपन्न र श्रमिकलाई राहत वितरण गर्द स्थानीय सरकार

विपन्न र श्रमिकलाई राहत वितरण गर्द स्थानीय सरकार

सिन्धुपाल्चोक : कोरोना भाइरस संक्रमण कम गर्न सरकारले लागू गरेको लकडाउनका कारण खाद्यान्न संकटमा पर्न सक्ने समूहलाई जिल्लाका स्थानीय तहले राहत वितरण गर्न थालेका छन्। लकडाउनका कारण काम गर्न नपाएर भोकै बस्नु पर्ने अवस्थामा पुगेका मजदुर र अति विपन्न परिवारलाई लक्षित गर्दै स्थानीय तहले खाद्यान्न लगायतका राहत सामग्री वितरण सुरु गरेका हुन्।

लकडाउन लम्बिँदै जाँदा खाद्यसंकट भोग्नु नपरोस् भन्ने उद्देश्यले जिल्लाका सबै स्थानीय तहले लक्षित वर्गको पहिचान गरी खाद्यान्न लगायतका राहत सामग्री वितरण गर्न थालेको जिल्ला समन्वय समिति प्रमुख कृष्णगोपाल तामाङले बताए। 'लकडाउनका कारण आर्थिक स्रोत जुटाउन नसक्नेलाई भोकै बस्नु नपरोस् भन्ने उद्देश्यले जिल्लाका सबै स्थानीय तहले राहत वितरण गरिरहेका छन्', तामाङले भने, 'पहिलो चरणमा सरकारले बनाएको मापदण्डमा आधारित रहेर अति विपन्न र श्रमिकलाई लक्षित गरेर राहत वितरण गरिएको छ।'

जिल्लाका तीन नगरपालिकासहित १२ स्थानीय तहले लकडाउनको पूर्ण पालना गर्न सर्वसाधारणलाई आग्रह गर्दै लकडाउनका कारण खाद्यान्न लगायतको संकट कम गर्न प्रतिवद्धता समेत जनाएका छन्। अति विपन्न र श्रमिकको पहिचान गरी नगरपालिकाभित्र खाद्यसंकट आउन नदिन राहत वितरणलाई प्राथमिकता दिएको बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले बताए।

खाद्यान्नसँगै हात धुने साबुन, मास्कलगायत सुरक्षाका लागि आवश्यक सामग्री पनि वितरण गर्दै आएको उनले जानकारी दिए।

कोरोना संक्रमणबाट बच्न लकडाउन नै उपयुक्त विधि भएकाले यसलाई पालना गर्न आग्रह गर्दै हेलम्बु गाउँपालिकाले खाद्यान्न जोखिममा रहेका परिवार र मजदुरलाई राहत उपलव्ध गराएको अध्यक्ष निमाग्याल्जेन शेर्पा बताउँछन्। विशेषगरी दैनिक ज्यालादारी गरेर परिवार पाल्ने समुदायलाई राहत उपलव्ध गराएको उनले जानकारी दिए।

दैनिक ज्यालादारीमा काम गरेर गुजारा चलाउने परिवारलाई लक्षित गरेर मेलम्ची नगरपालिकाले चामल, दाल, नुन, तेल लगायतका सामग्री वितरण गरिरहेको छ। परिवार संख्याको आधारमा लक्षित वर्ग पहिचान गरी खाद्यसामग्री वडा कार्यालयमार्फत वितरण गरिरहेको मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले बताए। नगरपालिकाले यसअघि कोरोना संक्रमणबाट बच्न सरसफाईसमेत एउटा आधार रहेको भन्दै नगरभित्रका प्रत्येक परिवारलाई हात धुने साबुन वितरण गरेको थियो। राहत वितरणसँगै स्थानीय तहले कोरोना संक्रमणबाट बच्न सर्वसाधारणलाई सचेत गराउन प्रचार प्रसारमा समेत तीव्रता दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.