लकडाउनमा जीतबहादुरको दैनिकी : गिटी कुट्नेदेखि भारी ओसार्नेसम्म

लकडाउनमा जीतबहादुरको दैनिकी : गिटी कुट्नेदेखि भारी ओसार्नेसम्म

भोजपुर : सदाजस्तो होहल्लाको माहोल छैन। मानिसको आउजाउ शून्यजस्तै।यतिखेर के सहर, के गाउँ सबैतिर एउटै सन्त्रास छ, कोरोना भाइरस। यो भाइरस नियन्त्रण तथा रोकथान गर्न सरकारले देशमा लकडाउन लागू गरेको छ।लकडाउनले जताततै सुनसान बनेको छ।

भाइसबाट बच्न मास्क लगाउने, बारम्बार साबुन पानीले हात धुने र ह्याछ्युँ गर्दा मुख छोप्ने गर्नुपर्छ। तर, सदरमुकाम नजिकै मध्यान्हको चर्को घाममा एक वृद्ध दम्पती गिटी कुटिरहेका भेटिन्छन्।यो दम्पतीलाई रोगभन्दा भोगको चिन्ता छ।त्यसैले उनीहरु कुनै कुराको प्रवाह नगरी रातदिन काममा खटिरहेका हुन्छन्।

काम नगरी छाक टार्न धौधौ पर्ने उनीहरुलाई गिटी कुट्न फुर्सद छैन। खोटाङको मझुवागढी गाउँपालिका लामाखुका ६१ वर्षीय जीतबहादुर राई र उनकी श्रीमतीको गिटी कुट्नु, सामान ओसारपसार गर्नु, मजदुरीका लागि भौतिरिनु दैनिकीजस्तै  बनेको छ।

बिहानदेखि बेलुकी अबेरसम्म गिटी कुटेर आएको ज्यालाले यो जोडि छाक टर्ने गर्छ । साँझ बिहान गिटी नकुटी उनीहरुको चुलो बल्दैन।  तर लकडाउनका कारण भने उनको दैनिकीमा समस्या थपिएको छ । नगरपालिकाले एक बोरा चामल दिए पनि नुन तेल किन्ने पैसा नहुँदा समस्या भएको छ।उनीहरुलाई कोठाभाडा तिर्न नसक्दा थप मारमा परेका छन्।

गरेर पनि बिहानबेलुकीको छाक टार्न गाह्रो भएका बेला लकडाउनले थप समस्या भएको उनीहरु बताउँछन्। 'हातमुख जोड्नै गाह्रो भइसक्यो, कोठाभाडा कसरी तिर्ने,' जीतबहादुरले भने, 'बन्दमा पनि साहुको गिटी कुटिन्छ, नत्र पछि ज्याला नपाइएला भन्ने पीर छ।'

अरुबेला मालिङ्गोको चोयाबाट घरेलु नाङलो, डालो र डोका बनाएर बेच्ने उनी लकडाउनले बजार ठप्प बनेपछि उनको यो व्यापार पनि बन्द भएको उनले गुनासो सनाए ।  कोरोना संक्रमणको रोकथाम गर्न लगाएको लकडाउनले एकछाक हातमुख जोड्ने जीतबहादुरजस्ता कयौँ गरिब मजदुरको दैनिकी चलाउन समस्या थपिदिएको छ । 

दैनिक रोजीरोटीका लागि दिनभर पसिना बगाउने मजदुरलाई लकडाउनले छाक टार्नै सास्ती दिएको छ । ज्याला मजदुरीको शिलशिलामा भोजपुर छिरेका अर्का ४० वर्षीय सन्तोष राईको पनि उस्तै हविगत छ । लकडाउनले काम ठप्प भएपछि श्रीमती र छोरालाई के खुवाउने पीरलो थपिएको उनले सुनाए। उनले भने, 'लकडाउनले हैरान थपिदियो, न काम छ न छाक टार्ने विकल्प, अलिअलि काम गरेर आएको पैसाले जेनतेन चलेको थ्यो, अब सकिँदैछ के गरेर टार्ने,' उनले स्थानीय सरकार र स्थानीय प्रशासनबाट कुनै पनि रहात पाएको छैन।'

लकडाउनले स-साना मजदुरी र व्यपार व्यवसाय गर्ने निमुखाको जीवनयापनमा गम्भीर धक्‍क पुगेको छ । लकडाउनले व्यापार पुरै ठप्प भएपछि घर जान पनि नसकिएको सर्लाही ईश्वरपुरका रोशन साह गुनासो गर्छन् । चटपटे बेचेर परिवारको गुजारा गर्ने उनलाई घर जाने वातावरणसम्म नमिलेको उनले सुनाए । व्यापार नभएपछि कोठाभाडा तिर्न पनि समस्या भएको उनले बताए।

यस्तै करिब ९ वर्षअघि संखुवासभाको चेपुवाबाट जडिबुटी बेच्दै आएकी पिम्बा शेर्पा पनि लकडाउनले घर फर्किन पाइनन् । सदरमुकामको हटिया र सहिदपार्कको फुटपाथमा जडिबुटी बेच्दै आएकी उनलाई बन्दले न व्यापार गर्न दियो न घरपरिवारसँग भेट्न नै । अहिले उनी कोठाभाडामा बसिरहेको सुनाइन् । लकडाउनले दैनिक श्रम गरेर छाक टार्ने उनीहरुका लागि सास्ती थपिएको छ।

खाद्यान्न संकट नहुने
जिल्लामा खाद्यान्न अभाव हुन नदिन स्थानीय तह र जिल्ला प्रशासनले लगत संकलन गरेको छ । उद्योग वाणिज्य संघको समन्वयमा स्थानीय प्रशासनले लकडाउन थपिएसँगै सदरमुकाम, घोरेटार र दिङ्लाबजार जस्ता मुख्य व्यापारीक केन्द्रमा लगत संकलन गरेको छ ।

कुल तथ्याङ्क अनुरुप नै तीन महिनाको अवधिसम्म खाद्यान्न संकट नहुने प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले बताए । जिल्लामा ६१ दशमलब ६५ टन चामल, ७ दशमलब ३५ टन चिनी, २९ दशमलब दुईसय ५५ टन नुन, एक दशमलब आठसय ७५ टन दाल र ३३ हजार लिटर खानेतेल तत्काललाई सञ्चित गरिएको छ ।  


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.