डोल्पामा राहत वितरण सुरु

डोल्पामा राहत वितरण सुरु

डोल्पा : डोल्पामा राहत वितरणको काम सुरु गरिएको छ । ठुलीभेरी नगरपालिकाका विभिन्न वडामा राहत वितरण सुरु गरिएको हो । 

नगरपालिकाको वडा नम्बर ६ मा १३० विपन्न घरपरिवारलाई राहत वितरण गरेको वडा अध्यक्ष धर्मलाल बुढाले जानकारी दिए । अध्यक्ष बुढाका अनुसार प्रतिघरपरिवार ३० केजि चामल, एक पोका तेल र दुई पोका नुन विपन्न तथा दलित घरपरिवालाई वितरण गरिएको बताए । 

विद्यालयको प्राङ्गणमा सामाजिक दुरी कायम गर्दै एकमुष्ट रुपमा वितरण गरिएको वडा सदस्य मानबहादुर बुढाले जानकारी दिए ।  उनले भने, 'दलित परिवार धेरै छन् जो दैनिक ज्यालामजदुरी गरेर छाक टार्छन् त्यसैले सबैभन्दा धेरै समस्यामा दलित परिवारहरु रहेका छन् ।' 

नेपाल सरकारले अनुदानमा दिने खाद्यान्नको चामल वडाले खरिद गरेर विपन्न तथा दलित घरपरिवारलाई वितरण गरेको वडा अध्यक्ष धर्मलाल बुढाले जानकारी दिए । उनका अनुसार नगरकार्य पालिकको बैठकले पारित गरेको राहत वितरण तथा ब्यवस्थापन कार्यबिधि अनुसार नगरपालिका भित्रका सबै वडामा राहत वितरण भइरहेको छ। 

हालसम्म ठुलीभेरी नगरपालिकाका वडा नम्बर ५,६,७,८ र ९ मा मात्रै राहत वितरण भएको वडाअध्यक्ष बिरमलकुमार भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार अन्य वडामा पनि अध्यक्षहरु लागिरहेको तर केही ढिला भने भएको बताए । उनले भने, 'वडा भित्रको कुनै पनि नागरिक भोकै बस्ने अवस्था आउने छैन नगरपालिका लागिरहेको छ ।' 

त्यसैगरि काईके गाँउपालिका,जगदुल्ला गाँउपालिका,मुड्केचुला गाँउपालिकाले समेत राहत वितरण थालेका छन् । खाद्यान्नको चामल, नुन, तेला र साबुन राहतका प्राथमिकता हुन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.