ओखलढुंगामा द्रुत परीक्षण सुरु, २० जनाको रिपोर्ट नेगेटिभ

ओखलढुंगामा द्रुत परीक्षण सुरु, २० जनाको रिपोर्ट नेगेटिभ

ओखलढुंगा : ओखलढुंगामा कोरोना संक्रमणको द्रुत परीक्षण (आरडिटी) सुरु गरिएको छ।पहिलो चरणमा काठमाडौँबाट आएका आएका १८ जनाको र्‍यापिड नाइग्लोसिस टेष्ट अर्थात द्रुत परीक्षण गरिएको हो । 

दुईजना विदेशी नागरिकसहित २० जनाको परीक्षणमा कोरोनाको रिर्पोट नेगेटिभ आएको छ। ओखलढुंगा क्याम्पस ओखलढुंगाको क्वारेन्टाइनमा रहेका ती २० जनाकै बिहीबार कोरोना परीक्षण गरिएको हो ।

काठमाडौंबाट जीप रिजर्भ गरेर रातको समय पारेर आएका ८ जनालाई बिहीबार बिहान गोरुमारेभञ्ज्याङबाट नियन्त्रणमा लिइएको थियो । 

यस्तै काठमाडौंबाटै हिँड्दै आएका ओखलढुंगाका १० जनालाई प्रहरीले घुर्मीबाट ल्याएको थियो । काठमाडौंबाट आएका ती १८ जना र यसअघि नै क्वारेन्टाइनमा रहेका २ जना भारतीय नागरिक गरी २० जनाकै परीक्षणमा रिर्पोट नेगेटिभ देखिएको जिल्ला कमाण्ड पोष्टका सुचना अधिकारी जिल्ला स्वस्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए ।

र्‍यापिड डाइग्नोसिस टेस्ट (आरडीटी) किटबाट कोरोना परीक्षण गर्दा नेगेटिभ देखिएपछि काठमाडौंबाट आएका १८ जनालाई छाडिएको छ । उनीहरुलाई घरैमा क्वारेन्टाइनमा बस्ने गरी छाडिएको हो । प्रदेश सरकारले १ सय ५० थान परीक्षण किट पठाएपछि द्रुत परीक्षण थालिएको छ । जिल्लामा विदेशबाट आएका १ सय ४३ जना सबैको परीक्षण गरिने तिवारीको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.