लमजुङका १४९ जनाको नेगेटिभ रिपोर्ट

लमजुङका १४९ जनाको नेगेटिभ रिपोर्ट

बेंसीसहर : लमजुङमा १४९ जनामा गरिएको द्रुत जाँच (र्‍यापिड टेष्ट) मा नेगेटिभ रिपोर्ट आएको छ। आठ स्थानीय तहमा भारत तथा अन्य मुलुकबाट आएका १२५ पुरुष र २४ जना महिलाको र्‍यापिड टेष्ट गरिएको थियो।

विदेशबाट आएका १४ दिनदेखि २१ दिन अवधि भएकाहरुलाई आरटिडी किटबाट र्‍यापिड टेष्ट गरिएको थियो। जिल्लामा विभिन्न देशबाट २ सय ८० जना आएका थिए। यस अघि काठमाडौं र पोखरामा गरी ४४ जनाको समेत परिक्षण गरिएको थियो।  स्वास्थ्य कार्यालयका अनुसार कोरोना भाइरस संक्रमणको जाँचको लागि जिल्लामा १६९ वटा आरटिडी किट आएको थियो।

स्थानीयस्तरमै पुगेर बेसीशहर नगरपालिकामा १२ जना, सुन्दरबजार नगरपालिकामा ३८ जना, मध्यनेपाल नगरपालिकाम १२ जना र राइनास नगरपालिकामा १५ जनाको र्‍यापिड टेष्ट भएको थियो। त्यस्तै क्व्हेलासोथर गाउँपालिकामा १९ जना, मर्स्याङ्दी गाउँपालिकामा २७ जना, दुधपोखरी गाउँपालिकामा १५ जना र दोर्दी गाउँपालिकामा ११ जनाको कोरोना टेष्ट भएको छ। 

स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीका अनुसार र्‍यापिड टेष्टका लागि २५ जना स्वास्थ्यकर्मी खटिएका थिए। टेष्ट गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको दवाडीले बताए। उनीहरुको किटमार्फत कोरोना संक्रमण सम्भावित भए नभएको बारे स्क्रिनिङ गरिएको थियो। स्क्रिनिङमा थप आशंका देखिएमा थ्रोट स्वाब लिएर परीक्षणका लागि पोखरा पठाइने प्रमुख जिल्ला अधिकारी लक्षमणबहादुर खड्काले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.