डोल्पामा स्थानीय तहमै कोरोनाको द्रुत परीक्षण हुने

डोल्पामा स्थानीय तहमै कोरोनाको द्रुत परीक्षण हुने

डोल्पा : डोल्पामा कोरोना भाइरस (कोभिड-१९) द्रुत परीक्षण गर्ने किट र उपकरण पुगेको छ । कोरोनाको परीक्षण स्थानीय तहबाट सुरु गरिने भएको हो ।  कोरोना आरडिटी परीक्षण किट १४० थान मलेरीयाको किट १२५ थान र रगत निकाल्न प्रयोग गरिने सेट जिल्लामा पुगेको स्वास्थ्य सेवा प्रमुख डाक्टर जिजन रावलले जानकारी दिए । 

डा.रावलले स्वास्थ्य विभागले पहिला विदेशबाट आएकाको परीक्षण गर्न निर्देशन दिएको बताए।तर, कुन स्थानीय तहमा कति  छ भन्ने विवरण जिल्लामा नआएकाले परीक्षण सुरु भएको छैन।

जिल्लाको मुड्केचुला गाउँपालिका र जगदुल्ला गाउँपालिकामा केही तथ्याङ्क भएकाले डाक्टर मछिन्द्र बडुवालको नेतृत्वमा ४ जनाको टोली सम्बन्धीत स्थानीय तहमा गएर कोरानाको द्रुत परीक्षण गरिने स्वास्थ्य सेवा प्रमुख डाक्टर रावलले जानकारी दिए । 

विदेशबाट आएकाको कोरोना परीक्षण गरिने र जिल्लामा क्वारेन्टिनमा रहेका र केही लक्षण देखा परेकालाई पहिला परीक्षण गरिने प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले जानकारी दिए । 

जिल्ला अस्पतालमा पनि कोरोनाका द्रुत परीक्षण हुने तर सकेसम्म स्थानीय तहमा डाक्टरको टिम नै गएर द्रुत परीक्षण गर्ने उनले बताए । जिल्लामा ३ हजार भन्दा धेरै मानिस भित्रिएको भएपनि कुन स्थानीय तहमा कतिजना आए भन्ने तथ्याङ्क जिल्लामा छैन । भारतबाट आएका धेरैजसो माथिल्लो डोल्पामा गएका छन् तर यतिबेला माथिल्लो डोल्पामा परीक्षण गर्न भने निकै संभावना कम छ ।  


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.