उदयपुरमा १२ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ

उदयपुरमा १२ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ

विराटनगर : उदयपुरमा १२ जनामा कोरोना पोजेटिभ देखिएको छ । त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा  बसेका १० मध्ये ८ जनाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको हो। अन्य चारजनामा समेत कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाले जानकारी दिए । 

भुल्केस्थित मस्जिदमा  केही भारतीय नागरिक बसेको सूचना आएपछि मंगलबार सुरक्षाकर्मीसहित मस्जिद पुगेको स्वस्थ्यकर्मीको टोलीले उनीहरुको स्वाब नमुना लिएको थियो। 

उनीहरुको स्वाब परीक्षणका लागि कोशी अस्पताल विराटनगर ल्याइएको थियो। सबैको रिपोर्ट पोजेटिभ भेटिएको र रिपोर्ट मुख्यमन्त्री कार्यालय सँगै केन्द्रमा पठाएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको औपचारिक जानकारी दिएको छैन । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.