क्लिनिकमै एक वृद्धको मृत्यु

क्लिनिकमै एक वृद्धको मृत्यु

तेह्रथुम : मेन्छ्यायेम गाउँपालिका-६ मोराहाङका एक वृद्धको क्लिनिकमा उपचारको क्रममा मृत्यु भएको छ। मोराहाङ बजारमा संचालित समृद्धि फर्मामा उपचार गराइरहेका ६२ वर्षीय डम्बरबहादुर लिम्वुको शुक्रबार साँझ मृत्यु भएको हो। सामान्य बिरामी भएपछि लिम्बु अपरान्ह ५ बजे क्लिनिक पुगेका थिए। उनको प्रेसर बढी भएको भन्दै क्लिनिक संचालक पुष्पराज ढुंगानाले प्रेसरको औषधी र ईन्जेक्सन दिएका थिए।

औषधी खुवाएपछि केहि समय आराम गर्न क्लिनिक संचालकले आग्रह गरेका थिए। तर औषधी दिएको २० मिनेटमै उनको मृत्यु भएको हो।

बिरामीको मृत्यु भएपछि फर्म संचालक ढुंगानालाई प्रहरीले नियन्त्रणमा लिएको छ।मृतकको शव पोष्टमार्टमको लागि विपि कोईराला विज्ञान प्रतिष्ठान धरान पठाइएको र फर्म संचालकमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तेजबहादुर दाहालले जानकारी दिए।पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.