कोरोना जितेका युवक भन्छन्–‘होपलेस भएको थिएँ, स्वास्थ्यकर्मीले हौसला बढाए’

कोरोना जितेका युवक भन्छन्–‘होपलेस भएको थिएँ, स्वास्थ्यकर्मीले हौसला बढाए’

धनगढी : विश्व भरिनै त्रासका रुपमा रहेको र धेरैको ज्यान लिइसकेको कोरोना भाइरसलाई कैलाली लम्कीका २१ वर्षीय राज विकले पत्ता लागेको १६ दिनमै जिते। सेती प्रादेशिक अस्पतालले दुई पटकको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनलाई आइतबार बेलुकी घर पठायो। 

लकडाउनको पहिलो दिन चैत ११ गते भारतको मुम्बईबाट आएका उनलाई १२ गते लम्कीचुहा नगरपालिका-९ मा रहेको सरस्वती माविको क्वारेन्टाइनमा राखिएको थियो। नेपाली सेनाको अस्पताल छाउनीको टोलीले संकलन गरेको थ्रोट स्वाबमा उनको कोभिड-१९ रिपोर्ट पोजेटिभ देखियो। त्यसपछि उनलाई चैत २२ गते नै सेती प्रादेशिक अस्पतालमा ल्याएर उपचार थालिएको थियो। शनिबार र आइतबारको स्वाब परीक्षणमा दुवै रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर पठाइएको अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेले जानकारी दिए।

अस्पताले युवकको सहमतिमा पत्रकार सम्मेलन गरी उनलाई घर पठायो। कोरोना जितेका युवकलाई अस्पतालबाट विदाई गर्न प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुबेदी पनि अस्पताल पुगेका थिए। 

मन्त्री सुबेदी, मेसु पाण्डे, उपचारमा खटिएका चिकित्सकहरु डा.शेरबहादुर कमर र डा. जगदिश जोशीले पुष्पगुच्छा दिएर उनलाई बिदाई गरे। अस्पतालबाट विदाई हुनुअघि पत्रकारहरुसँग कुराकानी गर्दै विकले, हिम्मत नहारे कोरोना जितिने प्रतिक्रिया दिए।

‘हिम्मत राख्नुस, कोरोना जितिन्छ’ उनले भने। ‘सुरुमा त म पनि ‘होपलेस’ भएको थिए, तर स्वास्थ्यकर्मीहरुको मनोबल बढाउने कार्यले हौसला आयो।’ उनले सबैलाई सचेत रहन र आफ्नो ‘केयर’ आफैँ गर्न आग्रह गरे।

‘मलाई थाहा थिएन कि मलाई कोरोना सर्‍यो भनेर। मलाई अहिलेसम्म रुघाखोकी पनि लागेको छैन, न ज्वरो नै आएको छ तर पनि म पोजेटिभ रहेछु’ उनले भने। ‘त्यसैले म सबैलाई के भन्न चाहन्छु भने लक्षण नदेखिए पनि यो रोग सर्न सक्छ, त्यसैले आफैँ केयर गर्नुहोला।’

अस्पतालबाट घर जाने बेला निकै खुसी देखिएका उनले, अस्पतालमा चिकित्सक र अरु स्वास्थ्यकर्मीको राम्रो व्यवहारले पनि हौसाला मिलेको बताए।सेती प्रादेशिक अस्पतालको एम्बुलेन्समार्फत उनको लम्कीस्थित घर पठाइएको हो। चिकित्सकहरुले उनलाई घरमा पनि १५ दिनसम्म सेल्फ आइसुलेसनमा बस्न भनेका छन।

कोरोना अझै रहस्य 

कोरोनाको उपचारमा खटिएका डाक्टर जगदिश जोशीले, कोरोनाका बारेमा अझै धेरै तथ्य पत्ता नलागेकाले यो रहस्य नै रहेको बताए। बिकभन्दा अगाडी अस्पताल भर्ना भएका बिरामीको रिपोर्ट नेगेटिभ नआएकोबारे उनले भने ‘यो इम्यूनिटी पावरमा पनि भरपर्छ र अझ कहिले संक्रमण भयो भन्ने कुरामा पनि भर पर्छ।’

यसै अस्पतामा रहेका विकभन्दा पहिला कोरोना पुष्टि भएका धनगढीकै युवकको रिपार्ट अझै नेगेटिभ आएको छैन। उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए। डाक्टर जोशी भन्छन, ‘कोरोनाबारे धेरै तथ्यहरु अझै आइनसकेपनि, यसमा बिरामीको इम्यूनिटी पावर र संक्रमण भएको समयले फरक पार्छ।

निको भएर गएका युवकमा १६ दिनसम्म कोरोनाका कुनै लक्षणहरु देखा नपरेको उनले बताए। ‘कुनै पनि लक्षण देखिएन, तर लक्षण नदेखिदै निको पनि भयो भनेपछि यसबाट धेरै डराउनु पनि पर्दैन।’ 

अन्य चारको अवस्था सामान्य

सेती प्रादेशिक अस्पतालमै भर्ना भएका अन्य चार जनाको अवस्था पनि सामान्य रहेको छ। संक्रमित ६५ वर्षिया महिलालाई उच्च रक्तचाप भएकाले त्यहीअनुसार औषधी दिइएको तर अरु कुनैसमस्या नरहेको डाक्टर जोशीले बताए।
सबैभन्दा पहिला चैत ११ गते अस्पताल ल्याइएका धनगढीकै युवक, उनकी भाउजु र लम्की चुहाकै ६५ वर्षिया महिला, कञ्चनपुरको बेदकोटका ४१ वर्षीय पुरुष उपचारत छन्।

खुसी भएर अस्पताल आएँ 

सामाजिक विकास मन्त्री कृष्णराज सुबेदीले, सेतीमा भर्ना भएका पाँच जनामध्ये पहिलो पटक निको भएर घर फर्किरहेको खुसीको खबर सुनेर अस्पताल आएको बताए। ‘यसले, कोरोना निकाले हुन्छ भन्ने सन्देश दिन्छ।’ उनले भने,। कोरोनाबाट नडराएर सचेत हुन मन्त्री सुवेदीले प्रदेशबासीलाई आग्रह गरे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.