जिल्ला बाहिर अलपत्र परेका आफ्ना नागरिकको उद्दार गर्दै डोल्पाका स्थानीय तह

जिल्ला बाहिर अलपत्र परेका आफ्ना नागरिकको उद्दार गर्दै डोल्पाका स्थानीय तह

डोल्पा : डोल्पाका स्थानीय तहले नागरिक उद्दारको कामलाई तीव्रता दिएका छन्। सोहि अनुसार जगदुल्ला गाउँपालिकाले क्वारेन्टाइनमा बस्ने शर्तमा नागरिक घरसम्म ल्याउने भएको छ ।  कोरोना भाइरस कोभिड-१९ ले विश्‍व थला परेको अवस्थामा डोल्पाका स्थानीय तहरुले पनि आफ्ना नागरिक घर ल्याउन लागेका हुन्।

नागरिक उद्धार गर्ने तर भाइरसबाट बच्न सरकारको मापदण्ड पूरा गरी १४ दिन क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने शर्तमा नागरिक गाउँ ल्याउन लागेको जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारासिंह रोकायाले जानकारी दिए । 

जिल्ला बाहिर गाउँपालिकाका ४१ जना नागरिक रोकिएका छन्। उनीहरुको इच्छअनुसार गाउँपालिकाले उद्दार गर्ने बताएको छ।तर, गाउँ आए भने अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नै पर्नेछ। हाल जगदुल्ला गाउँपालिकामा ३२ बेडको क्वारेन्टाइन तयारी अवस्थामा छ। प्रमुख प्रशासकीय अधिकृत केशवराज जैशीकाअनुसार आवश्यकताअनुसार क्वारेन्टाइन बढाउ सकिनेछ। उनले भने,' क्वारेन्टाइमा बस्ने भनेपछि केही नआउने देखिएको छ। तर सबै नागरिकको उद्धार गाउँपालिकाले गर्ने र क्वारेन्टाइनमा निशुल्क व्यवस्था हुनेछ।'

त्यसैगरि ठुलीभेरी नगरपालिकाले पनि नगाररिक उद्धार गर्ने भएको छ । नगरपालिकाका सबै ११ वटा वडामा वडा अध्यक्षको जिम्मामा क्वारेन्टाइनमा राख्ने वडा अध्यक्ष बिरमलकुमार भण्डारीले जानकारी दिए ।जिल्ला बाहिरबाट आउने आफ्ना सबै नगरिकको खर्च नगरपालिकाले गर्नेछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.