मध्य राती सखुवाको रुख काटेर तस्करी गर्ने तीन प्रक्राउ
धरान : सुनसरीको रामधुनी नगरपलिकास्थित चौसट्ठी बिघाको चारकोशे जंगलमा सखुवाको रुख ढालेर काठ तस्करी गर्ने तीन जना तस्करलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । सोमबार राती जंगलमा सखुवाको रुख काटेर ट्याक्टरमा लोड गरिरहेको अवस्थामा सशस्त्रले उनीहरुलाइ पक्राउ गरेको हो ।
काठ तस्करी हुँदै गरेको सूचना पाएलगत्तै सशस्त्र प्रहरी ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक कृष्ण ढकालको नेतृत्वमा गएको टोलिले तस्करलाई पक्राउ गरेको हो । तस्करीमा संलग्न रामधुनी नगरपालिका ६ का केशब खड्का,अर्जुन लिम्बू र रोशन राई पक्राउ परेका छन् । तस्करले सखुवाको रुख काटेर को २ त ९९९० नम्बरको ट्याक्टरमा लोड गरेको ९ थान गोलिया बरामत गरेको सशस्त्र प्रहरी उपरीक्षक ढकालले बताएका छन् ।
पक्राउ परेका तस्कर र बरामत काठसहित एक थान मोटर साइकल डिभिजन वन कार्यालय सुनसरीमा बुझाइको छ । लकडाउको मौका छोपी तस्कर वन फडानी मा सक्रिय भएपछि सुनसरीको चारकोशे जंगल क्षेत्रमा सशस्त्र प्रहरी बेस क्याम्प चतराका सशस्त्र प्रहरी निरीक्षक अशोक न्यौपानेको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ ।