कोरोना फैलिएपछि उदयपुर जिल्ला सिल : संक्रमितको संख्या ४२ पुग्यो
रविन भट्टराई। विराटनर
प्रदेश १ मानै कोरोना संक्रमितको संख्या २४ पुगेको छ। सबै संक्रमित उदयपुर जिल्लाबाट लिइएको स्वाब परीक्षणका क्रममा फेला परेका हन्। मंगलबार एकैदिन ११ जना कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश १ मा संक्रमितको संख्या बढेर २४ पुगेको हो।
यसअघि ११ भारतीय नागरिक र दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको थियो। मंगलबार थपिनेमा १८, १८, २९, ३३, ४०, ४१, ४१, ५२ र ५८ वर्षीय पुरुष तथा ३६ वर्षीय महिला र अर्की उमेर नखुलेकी महिला छन् । संक्रमित सबै उदयपुरको भुल्के स्थित नुरी मस्जिद आसपासका बासिन्दा हुन्।
उदयपुरको नुरी मस्जिदमा भारतबाट आएर बसेका ११ भारतीय र उनीहरु सँगै रहेका थप दुई नेपालीमा कोरोना पुष्टि भए सँगै त्यस क्षेत्रका नागरिक र उनीहरुसँग सम्पर्कमा रहेकाको स्वाब संकलन गरी विराटनगरस्थित कोशी अस्पताल र काठमाडौ स्थित टेकुमा परीक्षण गरिएको थियो। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।
मंगलबार र बुधबार परीक्षणका क्रममा विराटनगरमा ८ जनामा कोरोना पोजेटिभ भेटिएपछि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठामा थप परीक्षण गरीएको थियो। त्यहाँ विराटनगरमा पुष्टि भएकालाई नै उपस्थित गराएर समेत परीक्षण गर्दा कोरोना पोजेटिभ भेटिएको हो। कोरोना पोजेटिभलाई बुधबार एम्बुलेन्समा राखेर थप परीक्षण गर्न धरान पुर्याइएको थियो।
बाँकी तीन जनाको भने सेनाले संकलन गरेको स्वाब टेकुमा परीक्षण गर्दा कोराना पुष्टि भएको प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिए। ‘प्रदेश १ मा संक्रमितको संख्या २४ पुगेको हो, सबै उदयपुरबाट स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएका हुन्,’ मन्त्री घिमिरेले भने।
वैशाख ५ गते त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा १३ जनामा कोरोना संक्रमणको पुष्टि भएपछि प्रदेश जनस्वास्थ्य प्रयोगशाला र नेपाली सेनाको छाउनी अस्पतालबाट आएको चिकित्सकको छुट्टा–छुट्टै टोलीले तीन दिन लगाएर ३ सय २१ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि लगेको थियो। काठमाडौ लगेको स्वाब परीक्षणमा अझै संक्रमित थपिने संभावना रहेको चिकित्सक बताउँछन्। ६९ जनाको स्वाब भने विराटनगरस्थित कोशी अस्पतालमा परीक्षण भइरहेको छ। ९ वटा स्वाब त्यस क्षेत्रमा खटिएका सुरक्षाकर्मीको हो।
यो क्षेत्रमा ५२ वटा घर छ। प्रहरीले सबै सिल गरेको छ। यस क्षेत्रमा ६ सय नागरिक रहेको प्रशासनको तथ्याङ्कमा उल्लेख छ। यस अघि मस्जिद भित्र रहेकामा मात्रै कोरोना देखिए पनि अहिले मस्जिद बाहिरका नागरिकमा नै कोरोना संक्रमणको पुष्टि भएको छ।
उदयपुरको भुल्केमा दुईजना विदेशबाट आएका युवक पनि रहेका र उनीहरु पनि मस्जिदमा जाने आउने गरेकाले उनीहरुबाट सरेको होकी भन्ने आशंकामा अनुसनधान समेत भइरहेको प्रहरीले जनाएको छ। ती युवक पनि मंगलबार पुष्टि भएकामै पर्छन। उनीहरु मध्ये १ जना दुवई र र अर्का एक जना भारतको दिल्लीबाट आएको बताइएको छ।
जिल्लानै सिल
उदयपुरमानै २४ जना संक्रमितको संख्या पुगेपछी प्रदेश १ सरकारले उदयपुर जिल्लानै सिल गरेर लकडाउनलाई अझै कडाई गर्दै निगरानी बढाउने निर्णय गरेको छ। सामाजिक विकासमन्त्री जीवन घिमिरेले जिल्ला नै मंगलबार साँझबाट सिल गरेर उच्च निगरानी बढाएको जानकारी दिए। ‘भुल्के यस अघिनै सिल गरिएको थियो, मंगलबारबाट उदयपुरनै सिल गरिएको छ,’ मन्त्री घिमिरेले भने, ‘अब उच्च निगरानी गर्दै सबैको परीक्षण गछौँ।’
संक्रमित सबै विराटनगरमा
मंगलबार कोरोना पुष्टि भएकालाई सबै ११ जनालाई मंगलबार साँझनै विराटनगरस्थित कोरोना विषेश अस्पतालमा ल्याई भर्ना गरिएको छ। सबैको स्वास्थ्य अवस्था समान्य रहेको उपचारमा खटिएका चिकित्सकले बताएका छन्।
यस अघि १३ जना राखिएको कोशी अस्पतालको शाखा कोरोना विषेश अस्पतालमानै मंगलबार ल्याएकालाई पनि राखिएको थियो।