एकै परिवारका ५ जना कोरोना संक्रमित

एकै परिवारका ५ जना कोरोना संक्रमित

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएका २४ जनामध्ये एकै परिवारका ५ जना रहेको खुलेको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको ११ जनामध्ये ५ जना एकै परिवारको रहेको खुलेको हो ।  

५ जनामध्ये एउटै परिवारका ४१ वर्षीय दाजु, १८ वर्षीय छोरा, ३६ वर्षीया बहिनी, ४० वर्षीय ज्वाई र १८ वर्षीय भाञ्जा रहेका छन् । १८ वर्षीय छोरा भारतको युपीमा उर्धु भाषा पढ्न गएको खुलेको छ । उनी लकडाउनभन्दा केहि दिनअघि मात्र युपीबाट घर आएको बुझिएको छ । 

उता गाईघाट बजारमा जुत्ताचप्पलको व्यापार गर्दै आएका बहिनी ज्वाइ लकडाउनका कारण व्यापार गर्न नपाएपछि माइती घरमा बस्दै आएका थिए । व्यापार गर्दै आएको बजारको घर साँघुरो भएको र बाहिर आउजाउ गर्न नपाएपछि माइती घरमा गएर बसेका छिमेकीले बताएका छन् । 

स्थानीयले संक्रमित व्यापारी गाउँ सिल गर्नुअघि लकडाउनकै समयमा पनि गाईघाट आउजाउ गरेको बताएका छन् । गाईघाट बजार र बस्तीसमेत आउजाउ भएकाले संक्रमण फैलिएको हुन सक्ने बताएका छन् । यता संक्रमणको संख्या एकै दिन ११ जना बढेपछि बस्तीमा त्रास फैलिएको स्थानीय यदु ढकालले बताए । उनले भने, ‘बाहिर निस्कने अवश्था छैन, छिटोभन्दा छिटो थपको परीक्षण र औषधिउपचारको व्यवास्था गर्नुको विकल्प छैन् ।'

भारतबाट आएका जमाती बसेको खवरपछि स्वाब संकलन गर्दा बैशाख ५ र ६ गते १३ जनामा पुष्टि भएको थियो । लगत्तै स्थानीय प्रशासनले भुल्के क्षेत्र सिल गरी प्रदेश र नेपाली सेनाको काठमाडौंबाट आएको स्वास्थ्यकर्मीको टोलीले तीन दिन लगाएर ३ सय २० जनाको स्वाब संकलन गरेको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.