भोजपुरमा २६ वर्षीय युवकमा आरडीटी पोजिटिभ

भोजपुरमा २६ वर्षीय युवकमा आरडीटी पोजिटिभ

भोजपुर : हतुवागढी गाउँपालिकास्थित स्थानीय एक युवकको द्रुत परिक्षण विधि (आरडीटी) रिपोर्ट पोजिटिभ देखिएको छ ।  २६ वर्षिय ती युवकको मंगलबार गरिएको आरडीटी परीक्षणमा पोजिटिभ देखिएपछि उनलाई प्राथमिक स्वास्थ्य केन्द्र घोरेटारस्थित आइसोलेसनमा राखिएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले बताए ।

२०७६ साल फागुन ३० गते साउदीबाट काठमाडौं आएका ती युवक गत चैत्र ११ गते हतुवागढी आइपुगेका थिए । होम क्वारेन्टाइनमा रहेका उनलाई आरडीटी रिपोर्ट पोजिटिभ देखिएपछि उनको स्वाब संकलन गरी परीक्षणका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रजिअ पुरीले जानकारी गराए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.