तेस्रो कोरोना संक्रमित डिस्चार्ज

तेस्रो कोरोना संक्रमित डिस्चार्ज

धनगढी : सेती अञ्चल अस्पतालबाट तेस्रो कोरोना संक्रमित पनि डिस्चार्ज भएका छन्। मंगलबार र बुधबार जाँच गरिएको थ्रोट स्वाबको रिपोर्ट नेगेटिभ आएपछि कञ्चनपुरको बेदकोट नगरपालिका-९ का ४१ वर्षका संक्रमित डिस्चार्ज भएका हुन्। सेती अञ्चल अस्पतालले बुधबार उनलाई घर पठाएको छ।

चैत १३ गते भारतको उत्तराखण्ड राज्यको चम्पावत जिल्लाको सल्ली भन्ने स्थानबाट कञ्चनपुरको ब्रम्हदेवको बाटो हुँदै लुकेर नेपाल पसेका उनलाई सोही दिन सशस्त्र प्रहरीले क्वारेन्टाइनमा राखेको थियो। चम्पावतबाट हिँडेर आएका उनीसहितका ७ जना ट्युब प्रयोग गरेर नेपाल छिरेका थिए। ब्रम्हदेबको बाटो महेन्द्रनगरतिर आइरहेका उनीहरुलाई सशस्त्र प्रहरीले समातेर बेदकोट नगरपालिकामा रहेको कृषि पाइलट फार्मको छात्रबासमा बनाइएको क्वारेन्टाइनमा राखेको थियो।

उनको नेपाली सेनाको छाउनी स्वास्थ्यकर्मीको टोलीले थ्रोट स्वाब संकलन गरेको थियो। चैत २२ गते स्वाबको रिपोर्ट पोजिटिभ आएपछि उनलाई सेती अञ्चल अस्पतालको आइसुलेशन वार्डमा भर्ना गरिएको थियो। उनीसँगै कोरोना पोजिटिभ देखिएका कैलालीको लम्कीका युवक आइतबार नै डिस्चार्ज भइसकेका छन्।

योसँगै सेती प्रादेशिक अस्पतालबाट कोरोना निको भएर जानेको संख्या तीन पुगेको छ। आइतबार लम्कीका २१ वर्ष, मंगलबार धनगढीको हसनपुरका र बुधबार  ४१ वर्षका पुरुष डिस्चार्ज भएका हुन्। सेती प्रादेशिक अस्पतालमा अब धनगढीकी महिला र कैलालीको लम्कीचुहा नगरपालिकाकी ६५ वर्षिया महिला गरी २ जना विरामी उपचाररत छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.