लकडाउनमा पनि छोडेन दाउराको भारीले
धरान : विश्वभरी फैलिएको कोरोना संक्रमणको जोखिम कम गर्न देश लकडाउन गरिएको छ ।लकडाउनका कारण दैनिक मजदुरी खाने परिवार बढी प्रभावित भएका छन्। प्रदेश १ का विभिन्न जिल्लाबाट धरान आएर दैनिक मजदुरी गर्दै आएकालाई सरकारले राहत उपलब्ध नगराएका कारण उनीहरु जोखिम मोलेर काम गर्न बाध्य छन्।कोरोना सन्त्रासमा पनि उनीहरु कामको खोजिमा छन्।