क्‍वारेन्टाइनमै अविवाहितले बच्चा जन्माएपछि...

क्‍वारेन्टाइनमै अविवाहितले बच्चा जन्माएपछि...

ओखलढुंगा : उदयपुरबाट घर फर्किएकी एक किशोरीले क्‍वारेन्टाइनमै मृत शिशु जन्माएकी छिन्। १६ वर्षीया ती युवती मोलुङ गाउँपालिकाको क्वारेन्टाइनमा बसेकी थिइन्।

अविवाहित किशोरीले बिहीबार साँझ मृत बच्चा जन्माएको गाउँपालिकाका सूचना अधिकारी गोपाल नेपालले बताए। किशोरीको स्वास्थ्यमा समस्या देखिएपछि ओखलढुङ्गा सामुदायिक अस्पतालमा राखिएको छ। उनलाई रक्तश्राबको समस्या भएपनि स्वास्थ्य अवस्था सामान्य रहेको ओखलढुंगा सामुदायिक अस्पतालले जनाएको छ।

मोलुङ गाउँपालिकामा ३७ जना क्वारेन्टाइनमा राखिएको छ। अन्य स्थानीय तहमा भने बाहिरी जिल्लाबाट आएकालाई क्वारेन्टाइनमा राखिएको छ। स्थानीय तहले जिल्लाबाहिरबाट आउने नागरिकलाई गाडीबाट ल्याउन थालेका छन्। यसले कोरोना संक्रमणको त्रास बढेको स्थानीयको गुनासो छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.