प्रदेश ५ मा तीन स्थानबाट पीसीआर सेवा सुरु, ३२३ स्वाब परीक्षण : सबै नेगेटिभ

प्रदेश ५ मा तीन स्थानबाट पीसीआर सेवा सुरु, ३२३ स्वाब परीक्षण : सबै नेगेटिभ

बुटवल : पाँच नम्बर प्रदेशका तीन स्थानबाट कोरोनाको पीसीआर परीक्षण थालिएको छ । दाङको घोराहीमा पीसीआर मार्फत् कोरोना परीक्षण सुरु भएसँगै अब तीन स्थानबाट आरटी-पीसीआर परीक्षण थालिएको हो ।

सामाजिक विकास मन्त्रालयका अनुसार यसअघि रुपन्देहीको भैरहवा र बाँकेको नेपालगञ्जमा पीसीआर परीक्षण सुरु भइसकेको छ । तीनै स्थानमा पीसीआर परीक्षण भए पनि निकै ढिला परीक्षण भइरहेको छ । भैरहवामा अहिलेसम्म जम्मा १५७ वटा स्वाब मात्रै परीक्षण गरिएको छ । 

बाकेमा ४० जनाको परीक्षण भएको छ । प्रदेश ५ बाट १२६ वटा स्वाव परीक्षणका लागि काठमाडौं पठाइएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । र्‍यापिड टेस्ट बढाईए पनि पीसीर परीक्षण निकै कम गरिएको छ । स्वाब संकलन गरिएकामध्ये बाकेका १ सय २० जना रहेका छन् । अहिलेसम्म रुपन्देही र बाकेबाट परीक्षण हुँदै आएको थियो । यहाँ परीक्षणमा ढिलाई भएपछि काठमाडौं समेत पठाइएको छ ।

दाङबाट समेत परीक्षण सुरु भएपछि अब काठमाडौं लैजानु नपर्ने निर्देशनालयले जनाएको छ ।दाङ घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबारदेखि पीसीआर विधिबाट कोरोनाको परीक्षण सुरु गरिएको उपकुलपति डा. संगिता भण्डारीले बताइन् ।

बैशाख १ गतेदेखि नै सुरु गर्ने भनिए पनि मेसिन आउन ढिला हुँदा प्रयोगशाला स्थापनामा समय लागेको उनले बताइन् । अहिले प्रतिष्ठानको आइसोलेसनमा रहेका ९ र एक कैदी गरी १० जनाको स्वाब परीक्षण भइरहेको भण्डारीले जानकारी दिइन् ।

पीसीआरमा एकैपटकमा ८० जनासम्मको परीक्षण गर्न सकिने क्षमता भएकाले अब यस क्षेत्रका बिरामीलाई सहज हुने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुनिता पौडेलले बताइन् ।  प्रदेश सरकारले प्रदेश ५ को भैरहवा, नेपालगञ्ज र दाङमा प्रयोगशाला स्थापना गर्ने निर्णय भएअनुसार घोराहीस्थित प्रतिष्ठानमा पीसीआर मेसिन राखिएको हो । 

यसअघि स्वाब परीक्षणका लागि भैरहवा या काठमाडौं लैजानुपर्ने बाध्यता थियो । हालसम्म प्रदेशमा ३ सय २३ वटा स्वाब परीक्षण भएको छ । प्रदेशका दाङ, बाँके र रुपन्देहीमा गरेर २ सय २० शैय्याका ४ वटा कोरोना विषेश अस्थाइ अस्पताल सञ्चालित छन् । 

प्रदेशका विभिन्न जिल्लामा १२ हजार ८ सय ९९ शैय्या क्षमता भएका ४ सय ६९ वटा क्वारेण्टाइन रहेका छन् । प्रदेशमा करिब ३ हजार ३ सय २६ जनाको आरडीटीबाट कोरोना परिक्षण गरिएको छ । तीमध्ये एक जनाको मात्रै पोजेटिभ नतिजा आएको थियो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.