सोलु करिडोरको काम प्रभावित

सोलु करिडोरको काम प्रभावित

ओखलढुंगा : लकडाउनले उपकरण ढुवानी रोकिएपछि राष्ट्रिय प्रथामिकता प्राप्त आयोजना सोलु करिडोरको काम प्रभावित भएको छ ।  १ सय ३२ केभी प्रशारण लाइनको उक्त आयोजनाको काम प्रभावित बनेको हो । 

सरकारले ठूला आयोजनालाई काम गर्न अवरोध नगर्ने निर्णय गरे पनि आयोजनाको काम पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन । केही मजदुरले तार तान्न टावर जडान गर्ने लगायतका केही काम भने चलिरहेका छन् । सिराहाको मिर्चैया, उदयपुरको कटारी, ओखलढुंगा सदरमुकाम हुँदै सोलुखुम्बुको तिङ्ला प्रशारण लाइन जोड्ने आयोजनामा खटिएका साढे ४ सय मजदूर लकडाउनका कारण काममा निस्कन सकेका छैनन् । भारतीय कामदार भएका कारणले स्थानीयले अनावश्यक शंका गर्ने र सहजीकरण नगर्दा उनीहरु क्वारेन्टाइनमै रहेका छन् । 

लकडाउनअघि उदयपुरको मरुवा क्षेत्र, ओखलढुंगाको केत्तुके क्षेत्र र सोलुखुम्बुको पत्ताले क्षेत्रमा काम भइरहेको थियो । आयोजनाको ९० किलोमिटर क्षेत्रमा निर्माण गर्नुपर्ने ३ सय ३ वटा टावरमध्ये २ सय ५५ वटा टावर निर्माण सम्पन्न भइसकेका छन् । आउँदो मे ३१ सम्म सम्पन्न गरिसक्नुपर्ने आयोजना लकडाउनका कारण डप्प हुँदा काम सक्ने अवस्था नआएको आयोजना प्रमुख जनार्दनप्रसाद गौतमले बताए । 

आयोजनाको काम गरिरहेको भारतीय ठेकेदार कम्पनी मोहन इनर्जी कर्पोरेशनले काम सञ्चालन गर्न समस्या भएको जनाएको छ ।आयोजना प्रमुखलाई ठेकेदार कम्पनीले काम गर्ने वातावरण निर्माणका लागि आग्रह गरेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.