राहतका लागि छुट्टिँदै परिवार

राहतका लागि छुट्टिँदै परिवार

डडेल्धुरा : गन्यापधुरा गाउँपालिकाले पाँचवटै वडामा राहतका लागि लगत संकलन गर्दा एक हजार एक सय ३० दलित परिवार भेटिए। तर, राहत वितरण गर्दा ५० घर परिवार बढे। राहत पाउन एकाएक दलित परिवार छुट्टिन थालेका छन्।

पहिलाको लगतअनुसार राहत लगिएको तर वितरण गर्दा परिवार संख्या बढेपछि समस्या देखिएको गाउँपालिकाले जनाएको छ। लगतमा समावेश भएका सबै दलित परिवारलाई राहत उपलब्ध गराउन अन्य निकायलाई समेत अनुरोध गरिएको गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले बताए। तर, राहत पाउन परिवार संख्या फुटेपछि समस्या भएको उनको भनाइ छ।

राहत पाउने भएपछि दलित समुदायका घरधुरी संख्या ह्वातै बढेको गन्यापधुरा गाउँपालिका-१ का वडासचिव अंकिलाल भट्टले जानकारी दिए। उनले भने, ‘गाउँपालिकाले लगाएको कर र सामाजिक तिरो तिर्दा एकै परिवार भएको बताउनेहहरू राहत पाउन अलग भएका छन्।’ सो गाउँपालिकाले यसअघि मजदुर र विपन्न समुदायलाई पहिलो चरणमा रात वितरण गरेको छ।

राहतका लागि नै परिवारबाट अलग भएको बाहाना नगरी यस्तो बेलामा सबैले सहयोग गर्नुपर्ने अजयमेरु-१ र २ का वडाध्यक्ष दत्तिसिंह भण्डारी र शिवराज भट्टले बताए। कोरोना महामारीको त्रासपछि लकडाउन अवधि लम्बिँदै जाँदा ज्याला-मजदुरी गरेर जीवनयापन गरिरहेका विपन्न समुदायका नागरिकले निकै सास्ती खेपिरहेका छन्। सात वटा स्थानीय तह रहेको डडेल्धुरामा राहत बाँड्ने मापदण्ड फरक छ। स्थानीय निकायले सबैलाई न्याय हुनेगरी राहत वितरण गरिरहेको बताए पनि मजदुर, विपन्न परिवारले राहत नपाएको गुनासो गरिरहेका छन्।

यसैबीच, अमरगढी नगरपालिका कांग्रेस नगर सभापति दानबहादुर पालले नगरका अपांगता भएकाहरूलाई व्यक्तिगत खर्चमा राहत वितरण गरेका छन्। प्रतिव्यक्ति ३० किलो चमल र केही नगदसमेत वितरण गरिएको पालले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.