दाङमा पीसीआर परीक्षण सुरु, ११ जनाको कोरोना रिपोर्ट नेगेटिभ

दाङमा पीसीआर परीक्षण सुरु, ११ जनाको कोरोना रिपोर्ट नेगेटिभ

दाङ : दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक पीसीआर प्रविधिमार्फत कोरोना भाइरसको संक्रमण परीक्षण सुरु भएको छ । पीसीआर मेसिनबाट पहिलोपटक दाङमा जाँच्न सुरु गरिएको प्रतिष्ठानकी उपकुलपति प्राडा संगीता भण्डारीले बताइन् । 

सबै प्रदेशमा कोरोनाको पीसीआर परीक्षण गर्ने सरकारले गरेको निर्णय अनुसार प्रतिष्ठानमा यो सेवा सुरु गरिएको हो । अन्य प्रदेशले छिटै सेवा सुरु गरेपनि प्रदेश ५को प्रतिष्ठानले भने सोमबारदेखि मात्रै परीक्षणलाई नियमित गराएको छ । 

प्रतिष्ठानले पीसीआर विधिबाट गरिएको परीक्षणमा सबै रिपोर्ट नेगेटीभ आएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति प्राडा भण्डारीले जानकारी दिइन् । 'प्रतिष्ठानको पीसीआर मेसिनबाट ११ जनाको स्वाब लिइ परीक्षण गरिसकेका छौं, उपकुलपति भण्डारीले भनिन, सबै रिपोर्ट नेगेटिभ आएका छन्।' 

यसको क्रसका लागि भैरहवा पनि टेष्टको लागि पठाइएको थियो, त्यहाँ पनि नेगेटिभनै आएको हो।उनले चिकित्सकको सल्लाह अनुसार रिपोर्ट आएकाको डिस्चार्ज गरिने बताइन् । घरमा क्वारेन्टाइन बस्ने गरी डिस्चार्ज गरीने प्रतिष्ठानले जानकारी दिएको छ । 

यद्यपि प्रतिष्ठानको नयाँ मेसिन भएकाले परीक्षणका क्रममा आएको रिपोर्टलाई भने 'क्रसम्याच'का लागि भैरहवा पठाइएको र त्यहाँ पनि ११ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको उपकुलपति भण्डारीले जानकारी दिइन्। 

प्रतिष्ठानमा स्वाव लिनेक्रम जारी रहेको छ । वेलझुण्डीस्थित कोराना अस्पतालले पनि ४ जनाको स्वाव परीक्षणका लागि प्रतिष्ठानमा पठाएको र उनीहरुको जाच्ने काम भइरहेको प्रतिष्ठानकी उपकुलपति भण्डारीले बताइन्। 

केन्द्रीय प्रयोगशालाका प्राविधिक समेत दाङमा आएर परीक्षण गरिरहेका छन्। प्रतिष्ठानमा अब एकै पटकमा पीसीआरमार्फत ९६ जनासम्मको परीक्षण गर्न सकिने छ । जिल्लामै पीसीआर विधिमार्फत कोरोना परीक्षण सुरु भएपछि अब स्वाब परीक्षणका लागि भैरहवा वा काठमाडौं लैजानुपर्ने समस्याको अन्त्य भएको छ । 

प्रदेश ५ को भैरहवा, नेपालगञ्ज र दाङमा प्रयोगशाला स्थापना गर्ने निर्णय भए अनुसार घोराहीस्थित प्रतिष्ठानमा पिसिआर मेसिन जडान गरिएको हो । हालसम्म दाङबाट काठमाडौं र भैरहवा लगेर ७१ जनाको स्वाब परीक्षण भएकोमा सबैको रिपोर्ट नेगेटिभ नै आएको छ ।

जिल्लाका राप्ती प्रादेशिक अस्पतालसहित विभिन्न अस्पतालमा गरी १ सय ६६ बेडको आइसोलेसन रहेको छ भने २ सय ८८ क्वारेन्टाइनको सैया निर्माण गरिएका छन् । बेलझुण्डीमा कोरोना विशेष अस्पतालमा सबैभन्दा धेरै १ सय सैया क्षमताको आइसोलेसन सञ्चालन गरिएको छ । दाङमा अहिलेसम्म कसैलाई कोरोना संक्रमण देखिएको छैन ।

उपकुलपति भण्डारीले प्रतिष्ठानले सामान्य आइसोलेसनमा राख्नुपर्ने बिरामीलाई बेलझुण्डीस्थित कोरोना अस्पतालसँग समन्वय गरेर त्यहाँ पठाइने र अत्यन्तै जटिल प्रकृतिका भर्ना गरेर उपचार गर्नुपर्ने बिरामीलाई प्रतिष्ठानमा राखिने बताइन्। 

उपकुलपति भण्डारीले अस्पतालमा १० बेडको आइसीयुसमेत सुचारु भइसकेको समेत जानकारी दिइन्। हालैमात्रै प्रतिष्ठानमा फीजिसियन तथा बरीष्ठ मुटुरोग विशेषज्ञ प्रल्हाद कार्कीर वालरोग विशेषज्ञ डा. किशोर खत्रि प्रतिष्ठानमा आवद्ध भई सेवा सुरु गरेको पनि प्रतिष्ठानले जानकारी दिएको छ ।

प्रतिष्ठानमा अन्तरंग तथा वहीरङ्ग सेवा पनि सूचारु नै रहेको छ । प्रतिष्ठानले दिएको पछिल्लो जानकारी अनुसार कोरोनाका कारण भइरहेको लकडाउनमा प्रतिष्ठानमा प्रसुति सेवा थप प्रभावकारी भएको र झन्डै ३ सयको हारहारीमा महिलाले प्रसूति सेवा लिएका प्रतिष्ठानले जानकारी गराएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.