श्रम दिवसकै दिन श्रमिकलाई राहत वितरणमा विभेद

श्रम दिवसकै दिन श्रमिकलाई राहत वितरणमा विभेद

डोल्पा :विश्‍व श्रमिक दिवसकै दिन श्रमिकलाई राहात वितरणमा विभेद गरिएको छ । ठुलीभेरि नगरपालिका ३ मा १७२ घरधुरीलाई राहत वितरणका क्रममा श्रमिक नै विभेदमा परेका छन्। नगरपालिकाको कार्यपालिकाको बैठकले नगरपालिका भित्र र बाहिर फरक गरेर राहात वितरण गर्नुपर्ने निणर्य गरेपछि वडा नम्बर ३ मा राहात वितरणका क्रममा १२२ घरपरिवार श्रमिक मारमा परेका हुन्। 

नगर कार्यापालिकाको निर्णय विभेदकारी भएको भन्दै ज्याला मजदुरी गरेर बसेका १२२ परिवारले दु:ख व्यक्त गरेका छन्। बाहिर जिल्लाबाट आएर दुनैमा बसोवास गरेका मजुदरले १५ किलो चामल,एक पाकेट नुन,एक पाकेट खानेतेल र एक साबुन पाएको वडा अध्यक्ष अर्णबहादुर न्यौपानेले जानकारी दिए । 

'श्रम गरेर बाचेका छौं, सरकारले दिने राहातमा किन विभेद गरियो बरु नदिएकै जाति अखिल नेपाल ट्रेडयुनियन महासंघ डोल्पाका अध्यक्ष प्रेमलाल जैसिले आपत्ती जनाए । उनले भने,' दिनु नै पर्ने थियो भने सबैलाई समान दिनुपर्ने थियो। कि त परिवार संख्याका आधारमा दिनुपर्‍यो मजुदरी गर्नेलाई किन विभेद गरियो?'

 
ठुलीभेरी नगरपालिका वडा नम्बर ३ मा वडा भित्रका न्युन आयस्तर भएका ५० घरधुरी र ज्याला मजदुरी गरेर दुनैमा बस्दै आएका १२२ घरपरिवारलाई राहात वितरण गरेको छ ।  वितरणका क्रममा वडाभित्रका घरपरिवारले भने ३० किलो चामल,दुई पाकेट नुन, दुई पाकेट खाने तेल र दुई चक्‍की साबुन पाएका छन्।

नगर कार्यपालिकाको निर्णयअनुसार राहत वितरण गरेको वडा अध्यक्ष न्यौपानेले बताए । राहात वितरण तथा व्यवस्थापन कार्यविधि बनाएर कार्यपालिकाको बैठकबाट पास गराएको ठुलीभेरी नगरपालिकाले विभेद नगरेको तर प्याकेजमा ज्याला मजदुरी गरेर खाने नागरिकलाइ राहात दिनेगरी कम दिएको नगरप्रमुख गणेशबहादुर शाहीले जानकारी दिए । 

प्रमुख शाहीले भने,' विभेद भन्न मिल्दैन, हामीले वडालाई पहिचान गरी परिवारको संख्याका आधारमा प्यकेजमा दिने भनेर यो निर्णय गरेका छौं, भोकै कोही मर्न दिन्नौं तर स्थानीयले प्राथमिकता भने पाउनुपर्छ ।'

परिवार संख्याका आधारमा नभइ घरधुरीका आधारमा राहत वितरण गरेपछि सबै क्षेत्रबाट नगरपालिकाको निर्णय विभेदकारी भएको भनेर विरोध भइरहेको छ। बहिर जिल्लाका ज्याला मजदुरी गरेर खाने सबैभन्दा धेरै नगरपालिकाको ३ नम्बर वडामा रहेका छन्। 

नगरपालिकाले वितरण गरेको राहातबाट भने ज्याला मजदुरी गरेर दैनिकी चलाएका घरपरिवारलाई भने राहात पुगेको छ । नगरपालिकाको वडा नम्बर १,२,३ र ४ का घरपरिवारलाई किडार्क नेपालले पचास हजार बराबरको साबुन हस्तान्तरण  गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.