डिभिजन वनले पनि लगायो यार्सा संकलनमा रोक

डिभिजन वनले पनि लगायो यार्सा संकलनमा रोक

डोल्पा : डोल्पामा सबै निकायले पहिलो पटक यार्सागुम्बा संकलनमा रोक लगाएका छन्। करिब २० वर्ष भन्दा धेरै पहिलाबाट संकलन गर्दै आएको यार्सागुम्बा संकलनमा डिभिजन वन कार्यालयले पनि रोक लगाइएको छ। महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ बाट नागरिक बचाउन भन्दै डिभिजन वन कार्यालयले शनिबार आधिकारीक निर्णय गरेर यार्सागुम्बा संकलनमा रोक लगाएको हो।

अघिल्ला वर्षहरुमा वनका सामुदायिक वनहरुमा यार्सागुम्बा संकलनका लागि अनुमति दिने गरिएको भएपनि यो वर्ष कोरोना भाइरसको जोखिम र सरकारले गरेको लकडाउनको पालना गर्दै डिभिजन वन कार्यालय डोल्पाले पनि आधिकारीक रुपमा संकलनमा रोक लगाएको डिजिन प्रमुख जितेन्द्र महतले जानकारी दिए। उनका अनुसार यार्सागुम्बा संकलनका लागि पाटन खुला गरे कोरोना भाइरसका कारण डोल्पाका नागरिक समेत उच्च जोखिममा पर्नुका साथै यार्सा संकलनका लागि एकैपटक दशौँ हजार मानिस जिल्लामा प्रवेश गर्ने भएकोले ठुलो विपत्ति आउने भन्दै  जिल्ला विपत ब्यवस्थापनको निर्णय अनुसार नै डिभिजन वनले रोक लगाएको बताए। यार्सागुम्बा संकलनमा मात्रै नभएर अन्यत्र लिनको लागि संकलन ईजाजतसमेत नदिने निर्णय भएको महतले जानकारी दिए।

डिभिजन वन कार्यालय अन्तरगतका २० भन्दा धेरै सामुदायिक वनका तीन दर्जन भन्दा धेरै पाटनहरुमा यार्सागुम्बा पाउने गर्दछन्। ति सबै क्षेत्रका पाटनहरुका नाकाहरुमा सामुदायिक वन र स्थानीय सरकारसँगको सहकार्यमा सुरक्षाकर्मी राखेर पहरा दिई पाटनमा यार्सागुम्बा संकलन गर्न रोक लगाउने वनले निर्णय गरेको महतले जानकारी दिए।

जिल्लामा यार्सागुम्बा पाउने वनहरुको करिब ७० प्रतिशत पाटन शेफोक्सुण्डो राष्ट्रिय निकुञ्जमा र बाँकि पाटन डिभिजन वन कार्यालय अन्तरगत रहेको छन्। वन र निकुञ्ज क्षेत्रमा मात्रै गरेर हरेक वर्ष सरदर ४० हजार भन्दा धेरै मानिसहरु यार्सागुम्बा संकलनमा जाने गरेका थिए। छिमेकी जिल्ला रुकुम, जाजरकोट, सल्यान, सुर्खेत, जुम्लाबाट हरेक वर्ष यार्सागुम्बा टिप्न आउने र आम्दानीको स्रोत बनाउन गरेको भएपनि यस वर्ष भने संकलनमा रोक लगाएसँगै धेरैको आर्थिक अवस्था नाजुक हुने अनुमान गरिएको छ।

हरेक वर्ष यार्सागुम्बाबाट करोडौं राजश्व संकलन गर्ने डिभिजन वन कार्यालय र शेफोक्सुण्डो राष्ट्रिय निकुञ्जको भने यस वर्ष राजश्व आम्दानी शून्य हुने भएको छ। स्थानीयले मात्रै हरेक वर्ष यार्सागुम्बा संकलन गरेर लाखौ पैसा कमाउने गर्दथे। डोल्पा जिल्लामा शेफोक्सुण्डो राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय अन्तरगतका दुई किसिमका वनहरु रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.