डडेल्धुरामा अतिक्रमित टहरा भत्काउँदै वन कार्यालय

डडेल्धुरामा अतिक्रमित टहरा भत्काउँदै वन कार्यालय

डडेल्धुरा : लकडाउनको समयमा वन अतिक्रमण गरी सामुदायिक र राष्ट्रिय वनमा अवैध रुपमा निर्माण  गरिएका टहरा भत्काइएका छन् । डिभिजन वन कार्यालय डडेल्धुराको सक्रियतामा जिल्लाका विभिन्न स्थानमा निर्माण गरिएका दर्जन बढी घर तथा टहरा भत्काइएको डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रशाद आचार्यले वताए ।

वन अतिक्रमण सगैं काठ तस्करी बढेपछि डिभिजन वनकार्यालय डडेल्धुराले निगरानी समेत बढाएको छ । लकडाउनका समयमा चुरे र महाभारत वन क्षेत्रमा अक्रिमण सँगै काठ तस्करी हुन थालेपछि भित्रिमदेशको चुरे तथा माहाभारत वनक्षेत्रमा निगरानी बढाइएको हो ।

निगरानीको समयमा अवैत्र रुपमा निर्माण गरिएका घर, टहरा का साथै अतिक्रमण जग्गा र काठसहित केही व्यक्ति पक्राउ समेत परेका वन कार्यालय प्रमुख आचार्यले बताए । पक्राउ परेका व्यक्ति तथा समूहलाई वन ऐन अनुसारको कारवाही गरिने जनाएका छन् ।

अक्रिमण गरेको जग्गाबाट अतिक्रमणकारीलाई हटाउनका साथै घर तथा टहरा निर्माणमा लगाएको काठ समेत बरामद गरिएको छ । लकडाउनको समयमा मात्रै ठूलो परिणाममा काठ बरामद गरिएको वन कर्मीले जनाएका छन्। 

आलिताल गाउँपालिका-४ को जालटुडाँको सालका १८ थान कडी १०.५ घन फिट , वडा नं. ६ को बसन्त हरियाली सामुदायिक वनभित्र गस्ती निरीक्षणको क्रममा साल र सल्लोको ६० थानको ५९.९३ घन फिट चिरान काठ बेवारिसे अवस्थामा बरामद गरिएको डिभिजन प्रमुख आचार्यले बताए ।

यसैगरी परशुराम नगरपालिका ८ को सुन्दरी सामुदायिक वनमा नयाँ र पुराना गरी १० वटा काठका गोलिया (५२.८ घन फिट) बरामद गरेको छ । भित्रिमदेशको आलिताल र जोगवुढा क्षोत्रमा वन अतिक्रमण तथा काठ चोरी गर्नेको संख्या बढेसँगै वन कार्यालयले निगरानी समेत बढाएको छ ।

वनलाई सुरक्षित राख्न स्थानीय उपभोक्ता र समुदायका मानिसले सहयोग गरे मात्रै वन जोगाउन सकिने वन अधिकारी बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.