कतार च्यारिटीले दियो प्रदेश १ सरकारलाई स्वास्थ्य सामग्री
विराटनगर : प्रदेश १ सरकारलाई कतार च्यारिटी नेपालले पीपीई, आइआर थर्ममिटरसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) ३ सय थान, आइआर थर्ममिटर २५वटा, मास्क, ग्लोब्सलगायत गरी ५ हजार १ सय २५ थान सामग्री हस्तान्तरण गरेको गरेको हो ।
बिहीबार बिहान सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई सो स्वास्थ्य सामग्री हस्तान्तरण गरेको परियोजना व्यवस्थापक इर्साद अलिशेखले जानकारी दिए । सामग्री लिँदै मन्त्री घिमिरेले संकटको समयमा सबैको सहयोग आवश्यक रहेको बताउँदै स्वास्थ्य सामग्री प्रदान गरेकोमा कतार च्यारिटीलाई धन्यवाद दिए ।