कपिलवस्तुका संक्रमित दाजुभाइ केहीदनअघि मात्रै मुम्बइबाट आएका

कपिलवस्तुका संक्रमित दाजुभाइ केहीदनअघि मात्रै मुम्बइबाट आएका

कपिलवस्तु : मायादेवी गाउँपालिका वडा नं. २ अभिरावका २ जनामा कोरोना संक्रमण भेटिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा गाउँपालिकाको वडा नं. २ अभिरावका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको जनाइएको छ । उनीहरु एउटै घरका दुई भाइ हुन् ।

भारतको मुम्बईबाट आएका उनीहरु ३ दिनअघि सीमा क्षेत्रको चाकरचौडाबाट लुकीछिपी कपिलवस्तु प्रवेश गरेका थिए। संक्रमित रहेका दुई भाइलाई गाउँपालिकाको पकडीस्थित छत्रपाली तीर्था देवि मा.वि.को क्वारेन्टाइनमा राखिएको थियो । उनीहरुसहित सो क्वारेन्टिनका ६५ जना सर्वसाधारणको स्वाब परीक्षणका लागि नमूना संकलन गरी काठमाडौं पठाइएको थियो। 

उनीहरुको थप उपचारको लागि बुटवल लैजाने तयारी भइरहेको कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले जनाकारी दिए। यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.