कोरोना जितेर प्रदेश १ मा थप ८ जना डिस्चार्ज

कोरोना जितेर प्रदेश १ मा थप ८ जना डिस्चार्ज

विराटनगर : विराटनगरको कोरोना उपचार केन्द्रबाट शुक्रबार एकैपटक ८ जना डिस्चार्ज भएका छन् । उदयपुरको भुल्केमा कोरोना संक्रमण पुष्टि भई वैशाख ८, ९ र १० गते ल्याइएका मध्ये एक महिलासहित ८ जना डिस्चार्ज भएका हुन् । 

लगातार तीन पटकको स्वाब परीक्षणमा कोरोना नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राले जानकारी दिइन् ।

शुक्रबार डिस्चार्ज हुनेमा एक भारतीय नागरिक पनि छन् । अन्य दुईजना विराटनगर १७ का र एक महिलासहित बाँकी ५ जना उदयपुर भुल्केका स्थानीय हुन् । 

उपचार केन्द्रमा रहेका ६ जना गत बुधबार कोरोनामुक्त भएर डिस्चार्ज भएका थिए । ती सब भारतीय नागरिक थिए । हाल सम्म ७ भारतीय र ७ नेपाली नागरिक डिस्चार्ज भएका हुन् । 

शुक्रबार डिस्चार्ज हुनेहरुमा भारतीय नागरिक २४ वर्षीय मो. आदिम, विराटनगर १७ का ७२ वर्षीय आइमुन मियाँ र ६० वर्षीय इजरायल मिया, उदयपुर भुल्केका २० वर्षका अजाद आलम, १८ वर्षका माँ इमरान अहमद, १८ वर्षकै परबेज आलम, ४१ वर्षका मोख्तार मियाँ र ५५ वर्षका रौसन खातुन रहेका छन् । 

शुक्रबार डिस्चार्ज भएका महिलालाई होम क्वारेन्टाइन र बाँकी ७ जनालाई विराटनर रानीस्थित मस्जिदको क्वारेन्टाइनमा राखिनेछ । अब अस्पतालको आइसोलेसनमा १७ जना संक्रमित छन् । यसअघि डिस्चार्ज भएका ६ जनालाई विराटनगरस्थित रानी मरकजमा क्वारेन्टाइन राखिएको छ ।

शुक्रबार संक्रमितलाई निगरानी गरी निको पारेकोमा बिरामीका आफन्त र मस्जिदका पदाधिकारीले प्लेकाडमा लेखेर चिकित्सक र प्रदेश १ सरकारलाई धन्यवाद समेत दिएका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.