मोरङको विराट चोकमा कसले फाल्यो १० र २० का नोट ?

मोरङको विराट चोकमा कसले फाल्यो  १० र २० का नोट ?

विराटनगर : केही दिनअघि जनकपुरका सडकमा पैसा फालेर महिला भागेको घटना सेलाउन नपाउँदै मोरङको विराटचोकमा शुक्रबार यस्तै घटना दोहोरिएको छ ।  शुक्रबार दिउँसो एक बोलेरो जीपमा आएका व्यक्तिले पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने विराटचोक बजार क्षेत्रमा १० र २० को नोट फालेर भागपछि स्थानीय अचम्ममा परे ।

कोरोना संक्रमणको महामारीमा पैसाबाट पनि भाइरस सर्ने चर्चा चलिरहेको समयमा यसरी सडकमानै बोलेरोका झ्यालबाट पैसा फाल्दै गएपछि स्थानीय त्रसित समेत बनेको प्रत्यक्षदर्शी स्थानीय सञ्चारकर्मी सुदिप कोइरालाले जानकारी दिए । 

'सडकमा पैसा फालेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरे, प्रहरी पनि सो स्थानमा पुग्यो तर, प्रहरी समेत अलमलमा परेपछि मैले पैसा टिपेर पोको पारेर प्रहरीलाई दिएँ,' सञ्चारकर्मी कोइरालाले भने, 'मैले सर्जिकल ग्लोब लगाएकाले अनुसन्धानका लागि दिएँ ।'

उनका अनुसार स्थानीयले बोलेरोमा रहेका व्यक्तिले पैसा फालेको बताए पनि बोलेरो झापातर्फ गएकाले प्रहरीले समाचार तयार पार्दासम्म नियन्त्रणमा लिएको छैन । घटनाको विषयमा अनुसन्धान भइरहेको मोरङ प्रहरीले बताएको छ ।  

यस अघि जनकपुरको महावीर चोकमा १० र सयका विभिन्न नोट फालेर दुई महिला भागेको घटना सार्वजनिक भएको थियो भने भारतका विभिन्न राज्यमा पनि सडकमा पैसा फाल्ने देखिएका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.