कपिलवस्तुमा कोरोना संक्रमित ५ पुगे, ३ संक्रमितको ठेगाना कहाँ ?

कपिलवस्तुमा कोरोना संक्रमित ५ पुगे, ३ संक्रमितको ठेगाना कहाँ ?

कपिलवस्तु : कपिलवस्तुमा थप ३ जनामा कोरोना भाइसर संक्रमण रहेको पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या ५ पुगेको छ । स्वास्थ्य तथा जनङ्ख्या मन्त्रालयले शनिबार बिहान दिएको जानकारी अनुसार कपिलवस्तुका थप तीन जनामा कोराना भाइरस संक्रमण देखिएको हो। 

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा जिल्लाका १७ वर्षीय पुरुष १ र १८ वर्षीय पुरुष २ पुरुषमा संक्रमण देखिएको हो ।  संक्रमित ३ जनाको ठेगाना भने मन्त्रालयले उल्लेख गरेको छैन ।

संक्रमण देखिएका ३ जना मायादेवी गाउँपालिकास्थित पकडी क्वारेन्टिनबाट स्वाब संकलन गरी पठाइएका व्यक्तिहरु हुनसक्ने अनुमान गरिएको छ । यसअघि सोही क्वारेन्टिनमा रहेका २ युवामा कोरोना संक्रमण देखिएको थियो। 

उक्त क्वारेन्टाइनबाट ६५ जनाको स्वाब परीक्षणका लागि नमूना संकलन गरी टेकु पठाइएको थियो । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.