लकडाउनमा खानेपानी महसुल छुट

लकडाउनमा खानेपानी महसुल छुट

दाङ : दाङको तुलसीपुरमा रहेको तुलसीपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले उपभोक्ताले तिर्दै आएको खानेपानी महसुल छुट गरेको छ । कोरोना भाइरसको महामारीका कारण देशमा लकडाउन भइरहेको मध्यनजर गर्दै लकडाउन अवधिको एक महिनाको खानेपानी महसुल छुट दिएको संस्थाका अध्यक्ष खेमराज वलीले बताए । यो रकम झण्डै १२ लाख हुन आउँछ ।

संस्थाको बैशाख २५ गते बसेको बैठकले लकडाउनका कारण उपभोक्तालाई आर्थिक भार परेको भन्दै एक महिनाको महसुल छुट दिने निर्णय गरेको छ । चैत महिनाको न्यूनतम शुल्क छुट गर्ने निर्णण गरिएको र न्यूनतमभन्दा बढी महसुल आउने उपभोक्ताले भने बढी आएको महसुल रकम तिर्नु पर्ने सचिव मनोज लामिछानेले बताए । संस्थाका आठ हजार उपभोक्तालाई एक महिनाको न्यूनमत महसुल छुट दिने निर्णय गरिएसँगै संस्थालाई १२  रुपैयाँ मासिक व्यभार पर्ने छ । लकडाउन लम्बिंदा आम्दानीका सबै श्रोत बन्द भएको र उपभोक्तामा आर्थिक भार परेको कुरालाई मध्यनजर गरी महसुल छुटको निर्णय गरिएको उनले बताए ।

तुलसीपुर खानेपानीमा रहेका आठ हजार उपभोक्तामध्ये एक सय ५० संस्थागत र सात हजार आठ सय ५० व्यक्तिगत धारा रहेका छन् । संस्थागतको मासिक न्यूनमत महसुल तीन सय ५० र व्यक्तिगत खानेपनी महसुल एक सय ५० रहेको छ । हरेक उपभोक्तालाई एक महिनाको न्यूनतम शुल्क छुट दिँदा पनि संस्थालाई १२ लाख रुपैयाँ बढी व्ययभार थपिने कोषाध्यक्ष सिताराम शर्मा आचार्यले बताए ।

बैठकले लकडाउन अवधिभरको विलम्व (जरिवाना) शुल्क छुट दिने पनि निर्णय गरेको सचिव मनोल लामिछानेले जानकारी दिए । खानेपानी संस्थाको यो निर्णयले आठ अजार उपभोक्ताहरु प्रत्यक्ष रुपमा लाभाम्वित भएका छन् । खानेपानीले उपभोक्ताहरुको सहजताका लागि गत वर्षबाट डिजिटल भुक्तानीको समेत व्यवस्था गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.