कोरोना संक्रमितहरुसँग सम्पर्कमा आएकाहरुको खोजी गरिँदै

कोरोना संक्रमितहरुसँग सम्पर्कमा आएकाहरुको खोजी गरिँदै

कपिलवस्तु : कोरोना भाइरस संक्रमित ५ जनासंग सम्पर्कमा आएका अन्य व्यक्तिहरुको पहिचान गरी पिसीआर परीक्षणका लागि काम शुरु गरिएको छ। स्वास्थ्य मन्त्रालयबाट डा. यदु चन्द्र घिमिरेको नेतृत्वमा स्थास्थ्यकर्मीहरुको टोली जिल्ला पुगेको छ। संक्रमित युवासँग सम्पर्कमा आएका सबैको पहिचान र परीक्षणका लागि स्थानीय स्वास्थ्यकर्मीको टोलीलाई मन्त्रालयको टोलीले सघाउन गर्ने मन्त्रालयका टोलीका एक सदस्य डा. प्रकाश बुढाथोकीले बताए। संक्रमितहरु मायादेवी गाउँपालिकाका ४ जना र शुद्धोधन गाउँपालिकाका १ जनासँग सम्पर्कमा आएका सबैको पिसीआर गरिने डा. बुढाथोकीले बताए।

मायादेवी गाउँपालिकाको पकडीस्थित क्‍वारेन्टाइनमा राखिएका ६५ जनाको स्वाब राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकुमा परिक्षणको लागि पठाइएकोमा ५ जनामा कोरोना संक्रमण देखिएको छ। स्थानीय प्रशासनले क्‍वारेन्टाइन बनाइएको पकडीस्थित छत्रपाली तिर्थादेवी मावि क्षेत्र र वरपरको क्षेत्रलाई सिल गरि राखेको छ। संक्रमति पाँचै जना युवाहरुलाई बुटवलस्थित कोरोना अस्पतालमा उपचारका लागि पठाइएको छ। उनीहरु सबैको अवस्था भने सामान्य नै रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक महेन्द्र यादवले बताए।

कोरोना संक्रमित सबै युवाहरु एक साता अघि भारतको मुम्बईबाट आएका हुन्। सीमा नाकामा खटिएका सुरक्षाकर्मीहरुलाई छलेर उनीहरु गाउँ प्रवेश गरेका थिए। जिल्लामा खुला नाकाका कारण ठुलो संख्यामा सर्वसाधारणहरु जिल्ला भित्रदै गरेका कारण कोरोना संक्रमितको अवस्था भयावह हुन सक्ने गाउँपालिकाका प्रमुख बजरंगी चौधरीले बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.