विराटनगरबाट थप दुईजना कोरोना जितेर डिस्चार्ज

विराटनगरबाट थप दुईजना कोरोना जितेर डिस्चार्ज

विराटनगर : विराटनगरको कोभिड-१९ उपचार केन्द्रबाट दुई जना डिस्चार्ज भएका छन्। यो सँगै प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १६ पुगेको छ। 

आइतबार दिउँसो झापाका एक र भोजपुरका एकजना डिस्चार्ज भएका हुन्। डिस्चार्ज हुनेमा भोजपुरका २७ वर्षीय युवक र झापा बाह्रदशी गाउँपालिकाका ४० वर्षीय पुरुष छन्। 

भोजपुरका युवक वैशाख १० र झापाका पुरुष वैशाख १२ मा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना भएका थिए। लगातार तीन पटकसम्म स्वाब परीक्षणमा कोरोना नेगेटिभ आएपछि उनीहरुलाई आइतबार दिउँसो डिस्चार्ज गरिएको कोभिड-१९ उपचार केन्द्रका प्रमुख डा. दीपक सिग्देलले जानकारी दिए।

दुबै जनालाई स्थानीय जनप्रतिनिधि सँगको समन्वयमा होम क्वारेन्टाइनमा बस्ने गरी एम्बुलेन्समा राखेर आइतबार नै घर पठाइएको छ। कोभिड-१९ उपचार केन्द्रबाट यसअघि बुधबार ६ र शुक्रबार ८ जना डिस्चार्ज भएका थिए। 

यस अघि डिस्चार्ज हुनेमा ७ जना भारतीय, २ जना विराटनगरका र ५ जना उदयपुर भुल्केका नागरिक थिए। अब १९ जना उपचार केन्द्रमा उपचाररत छन्। 

शनिबार उदयपुरका ४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेश १ मा संक्रमितको संख्या ३५ पुगेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.