डडेल्धुरा अस्पतालमा ओपीडी सेवा सूचारू

डडेल्धुरा अस्पतालमा ओपीडी सेवा सूचारू

डडेल्धुरा : डडेल्धुरा अस्पतालले कोरोना भाइरसको संक्रमणपछि बन्द रहेका बहिरंग ओपीडी सेवा सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका स्वास्थ्य संस्थामा ओपीडी सेवा सूचारु गर्न निर्देशन दिएपछि डडेल्धुरा अस्पतालले पनि बहिरंग सेवा सञ्चालन गर्ने भएको हो।

अस्पतालले मंगलबारदेखि ओपीडीलगायतका नियमित स्वास्थ्य सेवा विस्तारै सूचारु हुने अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीशचन्द्र विष्टले जानकारी दिए।

यसअघि कोरोना भाइरसको महामारीलाई लिएर चैत ११ गतेदेखि ज्वरो र आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको थियो। स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रका प्रमुख डा. गुणराज लोहनीले अस्पतालमा ओपीडी सेवा सुचारु गर्दा अस्पतालले कोरोनाको जोखिमलाई ध्यान दिन आग्रह गरेका छन्। डा. लोहनीले सरकारले तोकेको कोरोना संक्रमण रोकथाम र नियन्त्रणका सावधानीको मापदण्डको पालना गर्नुपर्ने पनि जनाए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.