कोरोना जितेर तालीको गडगडाहटमा बिदाइ भए आमा–छोरा

कोरोना जितेर तालीको गडगडाहटमा बिदाइ भए आमा–छोरा

चितवन : कोरोना संक्रमणपछि निको भएकालाई लिन आएको एम्बुलेन्स तयारी अवस्थामा थियो । भरतपुर अस्पतालको इमरजेन्सी वार्ड नजिकै एम्बुलेन्स राखिएको थियो । अस्पतालबाहिर हेर्नेहरुको जमात थियो । कोरोना संक्रमणमुक्त आमा छोरा अस्पतालबाट बाहिरिंदै थिए । डिस्चार्ज भएका राप्ती नगरपालिका ८ का स्थानीय हुन्।

अघिअघि छोरा झोला बोकेर हिँडे आमा चिकित्सकहरुको बीचमा थिइन्। एम्बुलेन्स नजिक पुगेपछि एक्कासी तालीको गडगडाहट सुरु भयो।  अस्पतालबाहिर रहेकाहरुले ताली बजाएर सहानुभूति व्यक्त गरे । उनीहरु दंग परे । वार्डबाट निस्कनुअघि उपचारमा संलग्न चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई धन्यवाद दिएर विदा थिए । भरतपुर अस्पतालले फूलको गुच्छा दिएर उनीहरुको बिदाइ गरेको थियो । उनीहरु सार्वजनिक हुन भने चाहेनन् । 

उनीहरुलाई लिन राप्ती नगरपालिकाले एम्बुलेन्स ल्याएको थियो । नगर प्रमुख प्रभा बराल संक्रमणमुक्त भएकाहरुलाई लिन पुगेकी थिइन्। बरालसहित भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारी, मेसु डा. श्रीराम तिवारी एम्बुलेन्ससम्म पुर्‍याउन आएका थिए। ‘२३ दिनको बसाइमा उहाँहरुमा केही लक्षण देखिएन, हाँसेर बिदा हुनुभयो’,अस्पतालका मेसु डा. तिवारीले भने, ‘अबको दुई हप्तासम्म कसैसँग सम्पर्कमा नरही सेल्फ क्वारेन्टाइनमा बस्न भनेका छौँ। ’ 
 
पूर्ण रुपमा निको भएर उनीहरु फर्किएका हुन् ।  बैशाख तीन गते ६३ वर्षीय आमा र २७ वर्षका छोरा भरतपुर अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए ।  छोरा पहिल्यै निको भएका हुन् । आमालाई भने छैठौं पटकको परीक्षणपछि मात्रै नेगेटिभ रिपोर्ट आएको हो । यसअघि  पाँच पटकसम्म परीक्षण गर्दा पनि रिपोर्ट पोजिटिभ आएको थियो । पछिल्लो दुईपटक नेगेटिभ भएपछि उनीहरु डिस्चार्ज भएका हुन् । आमालाई निको भएपछि मात्रै संगै जाने भनेपछि दुवैजना एकै पटक डिस्जार्च भएका हुन्।

कोरोना संक्रमणको बेला पनि उनीहरुको शारीरिक अवस्था सामान्य थियो। उनीहरुले कुनै प्रतिकृया भने दिएनन्। घर भएपछि सेल्फ क्वारेन्टाइनमा बस्न लगाइएको राप्ती नगरपाकिला प्रमुख प्रभा बरालले बताइन् । ‘उपचारपछि निको हुँदा सबैलाई खुसी बनाएको छ ’, बरालले भनिन्, ‘नगरपालिकाले अभिभावकत्वको रुपमा हामी लिन आएका हौँ। ’  

दुवै जना निको भएसँगै चितवन कोरोनामुक्त बनेको छ । वैशाख ४ गते भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो । त्यसपछि उनीहरुको स्वाब पुनः टेकु प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा पनि पोजिटिभ देखिएको थियो ।  उनीहरु चैत ३ गते बेलायतबाट नेपाल आएका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.