भारतीय अतिक्रमणको विरोध गर्दा जनमोर्चाका ८ नेता कार्यकर्ता पक्राउ

भारतीय अतिक्रमणको विरोध गर्दा जनमोर्चाका ८ नेता कार्यकर्ता पक्राउ

तानसेन : पाल्पामा प्रहरीले ८ जना राष्ट्रिय जनमोर्चा नेपालका नेता तथा कार्यकर्ता पक्राउ गरेको छ। जिल्ला प्रशासन कार्यालय अगाडी निषेधित क्षेत्रमा भारतीय सीमा हस्तक्षेपविरुद्ध विरोध गरेको अभियोगमा पाल्पा प्रहरीले ८ जना राष्ट्रिय जनमोर्चा नेता कार्यकर्ता पक्राउ गरेको हो।

जिल्ला प्रशासन अगाडी विरोध गर्न नपाइने भन्दै प्रहरी तथा सशस्त्र प्रहरीले रोक्न खोज्दा  राष्ट्रिय जनमोर्चा नेता तथा कार्यकर्ताले हामीले गृहमन्त्रालयलाई आफ्नो कुरा भन्न पाउने पर्ने भन्दै भारतविरुद्ध नाराबाजी गर्दा प्रहरीले उनीहरु लाई गिरफ्तार गरेको हो।

पक्राउ पर्नेहरुमा  राष्ट्रिय जनमोर्चा नेपालका केन्द्रीय सदस्य सोम कुमार कार्की, अखिल नेपाल युवक संघका केन्द्रीय अध्यक्ष अनिल किशोर घिमिरे, राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामी, जिल्ला कोषाध्यक्ष टिकाराम पौडेल, जिल्ला सदस्य नर्मती सिंजाली, अखिल छैटोका केन्द्रीय सदस्य सुदिप पौडेल, जिल्ला सदस्य विष्णु नेपाली र अखिल छैटौंका जिल्ला सदस्य सुमन पौडेल रहेका छन्। पक्राउ परेका सबै नेता तथा कार्यकर्ताहरुलाई जिल्ला प्रहरी कार्यालय पाल्पामा राखिएको छ। निषेधित क्षेत्रमा विरोध कार्यक्रम गरेकोले उनीहरुलाई पक्राउ गरेको प्रहरी उपरिक्षक दिपेन्द्र जिसीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.