बेलहिया नाकाबाट पाँच सय नेपाली भित्रिदै

बेलहिया नाकाबाट पाँच सय नेपाली भित्रिदै

भैरहवा : रुपन्देहीको सीमावर्ती भारतीय सहर नौतनवाको क्वारेन्टाइनमा बसेका करिब ५ सय नेपाली नागरिक मुलुकमा भित्रिदै छन्। भारतको विभिन्न स्थानबाट स्वदेश फर्किने आशामा बेलहिया सीमामा आइपुगेका नेपालीलाई भारतीय क्वारेन्टाइनमा राख्ने गरिएको छ।

भारतीय क्वरेन्टाइनमा २१ दिन बसेर दशगजमा आइपुगेका करिब ५ सय नेपाली नागरिकलाई मुलुक प्रवेश गराएर पुनः क्वारेन्टाइनमा व्यवस्थापन गर्न थालिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए। ‘अहिले भित्रिने क्रममै छन्’ उनले भने, ‘पाँच सयको हाराहारीमा आउन्छन्।’

क्वारेन्टाइन अवधि पुरा भइसकेपछि सरकारले आफूहरुको उद्दार नगरेको भन्दै क्वारेन्टाइनमा बसेका नेपालीले समय समयमा आन्दोलन गर्दै अनसनसमेत बस्ने गरेका थिए।

‘क्वारेन्टाइनमा अवधि पुरा भइसकेपछि पनि घर फर्किन नपाइएपछि उनीहरु समय समयमा खाना नखाने, आन्दोलन गर्ने जस्ता कार्य गर्दै आएका थिए’, प्रजिअ पन्थले अन्नपूर्णसगँ भने, ‘अहिले उनीहरु आफँै दशगजामा आइपुगेपछि मुलुकमा ल्याएर व्यवस्थापन गर्न थालेका छौँ।’

प्रजिअ पन्थका अनुसारका भित्रिएका नेपाली नागरिकलाई रुपन्देहीको तिलोत्तमा नगरपालिका र सिद्धार्थनगर नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा राखिनेछ। उनीहरु देशका विभिन्न जिल्लाका रहेका छन्।

‘अहिले सीमामाबाट उहाँहरुलाई ल्याएर यहाँका दुई स्थानीय तहका क्वारेन्टाइनमा राखेर पीसिआर परीक्षण गर्नेछौँ’, उनले भने, ‘नेगेटिभ रिपोर्ट आए सम्बन्धित स्थानमा पठाउने छौँ, पोजेटिभ आए अस्पतालमा उपचारका लागि लग्नेछौँ।’

सीमावर्ती भारतीय क्वारेन्टाइनमा खचाखच नेपाली भरिएका छन्। क्वारेन्टाइनमा रहेका सबैबीच समदुरी कायम हुन सकेका छैन। जसकारण क्वारेन्टाइन अवधि पुरा भइसकेकाबीच नयाँ आगन्तुक नेपालीलाई पनि राख्दा स्वास्थ्य नेपालीमा पनि संक्रमणको जोखिम बढेको छ। क्वारेन्टाइन अवधि पुरा भइसकेका अझै केही नेपाली रहेको बताइएको छ।

मंगलबार मात्रै नौतनवास्थित मोर्डक एकेडेमी स्कुलको क्वारेन्टाइनमा रहेका एक नेपाली नागरिकमा कोरोना पुष्टि भएको भारतीय अधिकारीले जनाएका छन्।

सीमावर्ती नौतनवामा दर्जन बढी क्वारेन्टाइनमा नेपाली रहेका छन्। दैनिक सयौँ नेपाली क्वारेन्टाइनमा थपिदै गएको कारण संक्रमणको जोखिम बढेकोले उनीहरुलाई स्वदेश लग्न भारतीय प्रशासनले पटक पटक आग्रह गर्दै आएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.