भक्तपुरका दुई ठाउँ सिल

भक्तपुरका दुई ठाउँ सिल

भक्तपुर : काठमाडौं महानगरपालिकामा काम गर्ने भक्तपुरका ३६ वर्षीय सफाइ मजदुरको द्रूत परीक्षण (आरडीटी) मा कोरोना भाइरस पोजिटिभ देखिएपछि यहाँका दुई ठाउँमा सिल गरिएको छ । भक्तपुर नगरपालिका ५ स्थित योसिंखेल र सूर्यविनायक नगरपालिका ६ स्थित पाण्डोबजार सिल गरिएको हो । भक्तपुर नपा ५ योसिंखेल पुर्ख्यौली घर भएका उनी हाल सूर्यविनायक नपा ६ पाण्डोबजारमा बस्दै आएका हुन् । दुवै ठाउँमा आउजाउ हुने गरेकाले दुवै ठाउँमा सिल गरिएको भक्तपुर प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले आरडीटी पोजिटिभ देखिएका सफाइ मजदुर र उनको घरपरिवारलाई पाण्डोबजारस्थित घरमै क्वारेन्टाइन गरिएको जानकारी दिए । त्यस्तै योसिंखेल र पाण्डोबजारमा सर्वसाधारणको आवतजावत रोक्न सबै बाटाहरु सिल गरिएको उनले बताए ।‘सफाइ मजदुर र उनको घरपरिवारका सदस्यलाई घरबाहिर निस्कन निषेध गरिएको छ’, प्रहरी उपरीक्षक प्रधानले भने, ‘त्यस्तै पाण्डोबजार जाने सम्पूर्ण नाका सिल गरिएको छ ।’

श्रीमतीको रिपोर्ट नेगेटिभ

काठमाडौं महानगरपालिकाले गरेको द्रूत विधिबाट कोरोना भाइरस परीक्षणमा ३१ जनाको पोजिटिभ देखिएको थियो । जसमध्ये भक्तपुरका ३६ वर्षीय सफाइ मजदुर पनि एक थिए तर उनको श्रीमतीको भने नेगेटिभ आएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए । उनकी श्रीमती पनि काठमाडौं महानगरपालिकाकी सफाइ मजदुर नै हुन् ।

आरडीटी पोजिटिभ देखिएका श्रीमानको पीसीआर परीक्षणसमेत गरिएको छ । शनिबार साँझसम्म उक्त रिपोर्ट आउने प्रहरी उपरीक्षक प्रधानले बताए । उनले पीसीआर परीक्षण पनि पोजिटिभ देखिए उनलाई टेकु अस्पताल लगिने र उनको घरपरिवारका सदस्यहरुलाई क्वारेन्टाइनमा राखिने स्पष्ट पारे । उनका अनुसार हाल ती सफाइ मजदुरको यात्रा विवरण (ट्राभल हिस्ट्री) र उनको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी भइरहेको छ ।

सशस्त्र प्रहरी जवानका घरपरिवारको रिपोर्ट नेगेटिभ

यसैबीच गएको वैशाख ३० गते कोरोना भाइरस संक्रमण पुष्टि भएका भक्तपुरको चाँगुनारायण नपा १ दुवाकोटस्थित सरस्वतीखेलका सशस्त्र प्रहरी जवानका परिवारको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेका नौजनाकै रिपोर्ट नेगेटिभ आएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए ।

उक्त रिपोर्ट नेगेटिभ आएसँगै ती सशस्त्र प्रहरी कसरी संक्रमित भए भन्ने विषय थप रहस्यमय बनेको छ । यात्रा विवरण नभएका र महिनादिनदेखि घरमै रहेका सशस्त्र प्रहरीका जवानमा कोरोना भाइरस पुष्टि भएको थियो । त्यसैले सरस्वतीखेलमै पहिले नै कोरोना भाइरस संक्रमण फैलिएको हुनसक्ने अनुमान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.