ललितपुर महानगरका दुई सफाइ कर्मचारीको आरडीटी रिपोर्ट पोजिटिभ
ललितपुर : ललितपुर महानगरका दुईजना सरसफाईमा काम गर्ने कर्मचारीको आरडीटी रीपोर्ट पोजिटिभ आएको छ । शनिबार महानगर पालिकाले गरेको कोरोना भाइरस (कोभिड–१९) परीक्षणमा उनीहरुको आरडीटी रिपोर्ट पोजिटिभ आएपछि पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ ।
मेयरका सहयोगी राजु महर्जनका अनुसार रिपोर्ट पोजिटिभ आएपछि उनीहरुलाई पाटन अस्पतालको आइसोलेसनमा राखिएको हो।
स्वास्थ कार्यालय ललितपुरले शनिबार सरसफाइमा काम गर्ने कर्मचारीको स्वास्थ परीक्षण गरेको छ। ‘तीन सय ३० जनाको परीक्षण गरिएको थिय’, महर्जनले भने, ‘४८ र ५० वर्षीया महिलाको आरडीटी रिपोर्ट पोजेटिभ आयो।’
शुनिबार २ सय ११ जनाको पीसीआर र १ सय १९ जनाको आरडीटी परीक्षण गरिएको महर्जनले बताए । स्वास्थ कार्यालयले शुक्रबार कोन्जोस्योम गाउँपालिकामा स्वास्थ परीक्षण गर्दा अर्का दुई जना महिलाको रिपोर्ट पोजेटिभ आएको थियो।
त्यसैगरी महांकाल गाउँपालिकामा शनिबार गरिएको परीक्षणमा दुई जनाको आरडीटी रिपोर्ट पोजिटिभ देखिएको छ । उनीहरु तरकारी ओसारपसारमा संलग्न रहेको बताइएको छ।