कपिलवस्तुमा २ सय ५० बेडको कोरोना आइसोलेसन केन्द्र बनाइने

कपिलवस्तुमा २ सय ५० बेडको कोरोना आइसोलेसन केन्द्र बनाइने

कपिलवस्तु : जिल्लाका विभिन्न स्थानीय तहमा २ सय ५० वेडको ५ वटा आइसोलेसन केन्द्र स्थापना गर्ने निर्णय गरिएको छ । आइतबार प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा सदरमुकाम तौलिहवामा बसेको बैठकले ४ स्थानीय तहका ५ वटा स्थानमा ५०/ ५० बेडको आइसोलेसन केन्द्र स्थापना गर्ने निर्णय भएको हो । 

कपिलवस्तु नगरपालिकाको महिला विकास कार्यालय, मायादेवी गाउँपालिकाको तौवा हस्पिटल प्रालि र फुलिका स्वास्थ्य चौकी, विजय नगर गाउँपालिकाको आयुर्वेद औषधालय र शिवराज नगरपालिकाको नलकुपको भवनमा ५०/५० वेडको आइसोलेसन केन्द्र स्थापना गरिने छ ।

यसैगरी सो बैठकले कपिलवस्तु बहुमुखी क्याम्पसमा २ सय बेडको जिल्लास्तरीय क्वारेन्टाइन स्थापना गर्ने निर्णय गरिएको छ।भारतका विभिन्न सहरबाट सिमानाका हुँदै प्रवेश गरेका अन्य जिल्लाका सर्वसाधारणलाई क्याम्पसमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिने छ।

उनीहरुलाई ४ दिन यो क्वारेन्टाइनमा राखी स्वास्थ्य अवस्था बुझेर सम्बन्धित जिल्लामा पठाइने प्रबन्ध मिलाइने छ । बैठकमा दिन प्रतिदिन जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा कोरोना अस्पतालमा उपचारका लागि बैडको अभाव हुन थालेपछि प्रत्येक स्थानीय तहमै यसको उपचार गर्ने प्रबन्ध मिलाउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताए ।

स्थानीय तहमा आइसोलेसन केन्द्र स्थापना गरी स्थानीय तहमै अब कोरोना संक्रमितको उपचार सुरु हुने छ । हालसम्म जिल्लाबाट पठाइएका कोरोना संक्रमित सामान्य अवस्थाका रहेका र उनीमा कुनै स्वास्थ्य समस्या देखिएको छैन, सहायक प्रमुख जिल्ला अधिकारी नेपालीले भने, 'उनीहरु कोरोना अस्पतालको बेडमा बस्ने काम मात्रै भएको छ । त्यस्ता बिरामीलाई स्थानीय तहमै निर्माण गरिएको कोरोना आइसोलेसन केन्द्रमै उपचार गर्न सकिन्छ ।'

'अलि जटिल प्रकारका बिरामीका लागि कोरोना अस्पतालमा लगि उपचार गर्ने प्रबन्ध मिलाइने छ, सहायक प्रजिअले भने।  जिल्लामा हालसम्म १ जना स्वास्थ्यकर्मी, ४ जना सुरक्षाकर्मीसहित ४२ जनामा कोरोना संक्रमण देखिएको छ। हाल जिल्लाका १० स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टाइनमा ६ हजार ७ सय ८७ जना सर्वसाधारण रहेका छन् । 

कपिलवस्तु अस्पतालको आइसोलेसन वार्डमा १ जना महिला स्वास्थ्यकर्मीलाई राखिएको छ ।बैठकमा प्रदेश ५ का गृह सचिव शंकर खरेल, सामाजिक विकास समितिका सभापति दीर्घ नारायण पाण्डेय, प्रदेश  ५ का सशस्त्र प्रहरी बलका प्रमुख डीआइजी नारायण दत्त पौडेल, प्रदेशसभा सदस्य र जिल्लाका स्थानीय तहका प्रमुखको उपस्थिति रहेको थियो ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.