मदन - आश्रितलाई वर्षमा एक दिन

मदन - आश्रितलाई वर्षमा एक दिन

चितवन : बगिरहेको त्रिशुली नदी छेवैमा ठुलो ढुंगा छ । अप्ठ्यारो भिरबाट त्यो ढुंगासम्म पुग्न सिँढी बनेको छ । राजमार्गबाट करिब ५० मिटर तलको अप्ठ्यारो सिँढीमा खासै कोही जादैनन् ।

नदी छेउको त्यो ठुलो ढुंगा त्यही हो जहाँ २७ वर्ष अघि तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित चढेको गाडी दुर्घटना भएको थियो । त्यसको केही पर मदन–आश्रितको शालिक निर्माण गरिएको छ । अरु बेला त्यो ठाँउको कसैले वास्ता गर्दैनन् । तर, जब जेठ ३ गते आउछ, त्यहाँको चहल पहल बेग्लै हुन्छ । शालिकमा माल्यार्पण गर्ने नेता कार्यकर्ताको भीड लाग्छ । फोटो खिच्न तछाडमछाड हुन्छ ।

नेता भण्डारी र अग्रजहरुको विचार र सिद्धान्तको खुब चर्चा गरिन्छ । यो देखेर स्थानीय दंग पर्छन । वर्षमा एक पटक तामझाम गरिने भएपनि अरुबेला सुनसान रहने स्थानीय नारायण मगर बताउँछन् । ‘हरेक वर्ष नेताहरु धेरै आउँछन्, कार्यक्रम गर्छन जान्छन’, उनी भन्छन्, ‘घटना भएको यत्रो वर्ष हुँदा पनि सत्यतथ्य नआउँदा चाहीँ अचम्म लाग्छ ।’

गाडी दुर्घटना भएको केही बेरपछि उनी पुगेका थिए । उनको घर घटनास्थलबाट करिब पाँच सय मिटर पर खहरेमा पर्छ । २०५० जेठ ३ गते साँझको घटना अझै ताजै रहेको उनले स्मरण गरे । ‘पानी परिरहेको थियो, हामीले गाडी पल्टियो भनेर मात्रै हेर्न गएका थियौ मदन भण्डारीको भन्ने चाहीँ पछि थाहा भयो’, नारायणले भने, ‘अहिले सम्म खोजी किन नगरिएको होला भन्ने लाग्छ ।’ नेता भण्डारी र आश्रित अखिल नेपाल महिला संघको केन्द्रीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न पोखराबाट चितवन जाँदै थिए । त्यो कहालीलाग्दो घटनाको २७ वर्ष पुरा हुँदा पनि अझै सत्यतथ्य खोजी हुन सकेको छैन ।

पार्टी एकिकरणपछिको नेकपाले घटनाको सत्यतथ्य पत्ता लगाउन नसकेको भन्दै पार्टीभित्रै आलोचना हुने गरेको छ । एमालेका तत्कालिन जिल्ला सचिव विजय सुवेदी घटनाको वास्तविकता बाहिर आउन नसकेको स्विकार्छन । ‘हल्ला गरेर अनुसन्धान गर्ने भन्दा पनि सरकारले आफ्नो तर्फबाट गरेको होला भन्ने विश्वास गरौ’, उनले भने, ‘उहाँ (मदन भण्डारी) को विचार र सिद्धान्तको आधारमा राज्य सञ्चालनको प्रयत्न भएपनि पूर्णरुपमा लागु नभएको सत्य हो ।’मदन आश्रित स्मृति दिवसको अवसरमा शनिबार दासढुंगामा तस्बिर खिचाउँदै नेकपा कार्यकर्ता । तस्बिर : अनिल ढकाल


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.