‘रहस्यमय दासढुंगा घटनाको सत्यतथ्य सार्वजनिक गर्छौं’

‘रहस्यमय दासढुंगा घटनाको सत्यतथ्य सार्वजनिक गर्छौं’

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले  रहस्यमय दासढुंगा घटनाको गहिरो अन्वेषण गर्दै सत्यतथ्य सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। २७ औं मदन-आश्रित स्मृति दिवस तथा पार्टी एकीकरणको दोस्रो वर्षगाँठको सन्दर्भमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'ले वक्तव्य जारी गर्दै उहाँहरूका विचार र आदर्शहरूलाई अनवरत अवलम्बन गरिरहने दृढ सङ्कल्प व्यक्त गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जननेता मदन भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख कमरेड जीवराज आश्रितको २७ वर्ष अगाडि दासढुंगा जीप दुर्घटनामा मृत्यु भएको थियो। 

'यी दुई लोकप्रिय नेताहरूको रहस्यमय दासढुंगा जीप दुर्घटनामा दुःखद निधन भएको आज २७ वर्ष बितेको छ। उक्त घटनाको रहस्य अझै उद्घाटित हुनसकेको छैन, तर आम नेपाली जनता त्यस घटनालाई सामान्य सडक दुर्घटना मान्न तयार छैनन्, उनीहरू मध्ये धेरैले यसलाई नेपालको लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलन विरुद्धको षड्यन्त्रपूर्ण हत्याका रूपमा लिन्छन्।' विज्ञप्तिमा भनिएको छ, '२७औं मदनआश्रित स्मृति दिवसको सन्दर्भमा हाम्रो पार्टी उक्त रहस्यमय घटनाको यथार्थको गहिरो अन्वेषण गर्दै सत्यतथ्य सार्वजनिक गर्न निरन्तर लागिरहने प्रतिबद्धता पुनः व्यक्त गर्दछ। उहाँहरूका विचार र आदर्शहरूलाई अनवरत अवलम्बन गरिरहने दृढ सङ्कल्प गर्दछ।' 

विज्ञप्तिमा जननेता मदन भण्डारी नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक, देशभक्तिपूर्ण अभियानका प्रखर संवाहक र लोकतान्त्रिक आन्दोलनका अग्रज नेता भएको स्मरण गरिएको छ। अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन प्रतिरक्षात्मक र गम्भीर धक्काको अवस्थाबाट गुज्रिरहेको बेला नेपालमा कम्युनिष्ट आन्दोलनलाई सर्वाधिक लोकप्रिय शक्तिका रूपमा स्थापित गर्न उनले प्रतिपादन गरेको विचारहरूले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गरिएको छ। 

'सिद्धान्तका निम्ति जीवन होइन, जीवनका निम्ति सिद्धान्त हुनुपर्ने मान्यता राख्नुहुने कमरेड मदन भण्डारीले नेपालमा मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकासमा विशेष योगदान गर्नुभएको छ। नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा जनताको बहुदलीय जनवादको प्रतिपादन गरेर समकालीन कम्युनिष्ट आन्दोलनमा विशिष्ट योगदान पुयाउनुभएको छ।' 

विज्ञप्तिमा उल्लेख गरिएको छ, 'लोकतन्त्रका विश्वव्यापी मूल्य-मान्यताहरूलाई आत्मसात् गर्दै कम्युनिष्ट पार्टीलाई नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रणी शक्तिका रूपमा स्थापित गर्न, नेपालको विशिष्ट परिस्थिति अनुसार क्रान्तिको मौलिक बाटो र सिद्धान्तको विकास गर्न एवं प्रगतिशील राष्ट्रवादका आधारमा राष्ट्रिय हीतको दृढ पक्षपोषण एवं राष्ट्रियताका पक्षमा अथक संघर्ष गर्न जननेता मदन भण्डारीको देन विशिष्ट महत्वको रहेको छ।'

विज्ञप्तिमा उल्लेख गरिएको छ 'सिर्जनात्मक सोंच, राष्ट्र र जनताप्रतिको अविचलित निष्ठा, सादा जीवन र प्रभावशाली वक्तत्वकलाका कारण जननेता मदन भण्डारी एक स्वतन्त्र सर्वेक्षणका आधारमा नेपालका बीसौं शताब्दीकै सर्वाधिक लोकप्रिय नेताका रूपमा स्थापित हुनुभएको थियो। ४१ वर्षको अल्पायूमै निधन हुनुभएका कमरेड मदन भण्डारीको आँधीमय जीवन हामी सबैका लागि प्रेरणाको विषय रहेको छ।' 

नेकपाले कुशल संगठकका रूपमा प्रतिष्ठित कमरेड जीवराज आश्रितले पार्टी संगठनको विस्तारमा उल्लेख्य भूमिका निर्वाह गरेको स्मरण गरेको छ। जनआधारित कार्यकर्ता पार्टीको अवधारणाअनुरुप शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण गर्नमा उनले गरेको योगदान आज पनि प्रेरणादायी रहेको नेकपाले जनाएको छ। 

मदन-आश्रित स्मृति दिवसकै ऐतिहासिक सन्दर्भ पारेर ठीक २ वर्ष अगाडि २०७५ साल जेठ ३ गते  तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच एकीकरण भइ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.