प्रदेश १ मा थप तीन जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ३९ पुग्यो

प्रदेश १ मा थप तीन जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ३९ पुग्यो

 विराटनगर : प्रदेश १ मा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । थपिनेमा दुई मोरङ र एकजना धनकुटाका छन् ।

मोरङको विराटनगरकी एक महिला र एक पुरुष साथै धनकुटाकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षण अनुसार धनकुटाको ३४ वर्षीय महिला, विराटनगरका ३५ वर्षीय पुरुष र २९ वर्षीय महिलामा कोरोना पुष्टि भएको बताईएको छ ।

प्रदेश १ मा कोरोना भाइरस पुष्टि भएकाको जम्मा संख्या ३९ पुगेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेको कोरोना सूचना डेस्कले जानकारी दिएको छ ।

प्रदेश १ मा निको हुनेको जम्मा संख्या १७ रहेको छ । आइतबार गरिएको परीक्षणमा उनिहरुमा कोरोना पुष्टि भएको हो । यस अघि उदयपुर, झापा, भोजपुर र मोरङमा कोरोना संक्रमित देखिएका थिए भने आइतबार नयाँ जिल्ला धनकुटा पनि थपिएको छ । 

नेपालभर भने कोरोना संक्रमितको संख्या २९५ पुगेको छ । जसमध्ये दुई जनाको मृत्यु भएको छ भने ३६ जना डिस्चार्ज भएका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.