बारामा पनि पत्रकारलाई कोरोना संक्रमण

बारामा पनि पत्रकारलाई कोरोना संक्रमण

बारा : बाराको एक स्थानीय रेडियोमा कार्यरत संचारकर्मीलाई पनि कोरोना संक्रमण देखिएको छ । करैयामाई गाउँपालिका ५ का ३८ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । पर्साका दुई पत्रकारमा कोरोना संक्रमण देखिएपछि नेपाल पत्रकार महासंघ बारा शाखाको पहलमा बारामा ४३ संचारकर्मीको स्वाब परीक्षणका लागि पठाइएको थियो । स्वाब संकलन गरिएकामध्ये एकजनाको पीसीआर पोजिटिभ आएको हो ।

संक्रमित पुरुषलाई प्रशासनको सहयोगमा कलैयास्थित कोरोना अस्पतालमा पठाउन लागिएको पत्रकार महासंघ बाराका अध्यक्ष कमलकुमार उपाध्यायले जानकारी दिए । संक्रमित पुरुषको सम्पर्कमा आएका व्यक्तिको खोजी सुरु गरिएको छ । 

योसँगै बारामा संक्रमितको संख्या चार पुगेको छ । यसअघि जिल्ला प्रहरी कार्यलय बारामा कार्यरत एक प्रहरी जवानसहित जीतपुरसिमरा उपमहानगरपालिकाका २ र बिश्रामपुर गाउपालिकाका १ पुरुषमा कोरोना संक्रमण देखिएको थियो । प्रहरी जवान भने रौतहटका हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.