कोरोना संक्रमित भेटिएपछि धादिङको जुगेखोला क्षेत्र 'सिल'

कोरोना संक्रमित भेटिएपछि धादिङको जुगेखोला क्षेत्र 'सिल'

थाक्रे (धादिङ) : सोमबार भेटिएका कोरोना भाइरसका संक्रमितमध्ये धादिङको थाक्रे गाउँपालिका ८ जुँगेखोला क्षेत्रका एक पुरुष पनि रहेका छन् । योसँगै धादिङमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ३ पुगेको छ । एकजना नेत्रावती गाउँपालिका ३ सेमजोङका निको भएर घर फर्किसकेका छन् भने २ जनाको उपचार भइरहेको छ ।

काठमाडौंको बागबजारमा व्यवसाय गरेर बस्ने उनी गत चैत्र ११ गते थाक्रेस्थित गाउँ आएर २८ गते काठमाडौं नै फर्किएका थिए । गाउँको स्थानीय व्यक्तिमा कोरोनाको संक्रमण देखिएपछि अहिले थाक्रे ८ को जुँगेखोला क्षेत्र जिल्ला सुरक्षा समितिले सिल गरेको छ । 

मंगलबार बिहान थाक्रे गाउँपालिका प्रमुख रामकुमार आचार्यसहित प्रमुख जिल्ला अधिकारी आसमान तामाङको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले पूर्वका धार्केखोला पुल, पश्चिममा आडकिला मोड, उत्तरमा महेश खोला र दक्षिणमा उडुवादेवी आधारभूत विद्यालय बीचको क्षेत्र सिल गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले भने, 'संक्रामक रोग ऐन र स्थानीय प्रशासन ऐन अनुसार निषेधाज्ञा जारी गर्दै उल्लेखित चारकिल्ला क्षेत्र भित्र प्रहरी परिचालन गरेर पूर्णरुपमा आवतजावत बन्द गराइएको छ ।

उक्त क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले नियमित गस्ती गरी सुरक्षा व्यवस्था मिलाइरहेको छ भने स्थानीयलाई घर बाहिर ननिस्किन माइकिङ समेत गर्न थालिएको छ । आवश्यक परेको खण्डमा नेपाली सेनालाई समेत सवारी गस्ती गर्न निर्देशन दिइएको छ ।

संक्रमित व्यक्ति लामो समयसम्म गाउँमा बसेर काठमाडौं गएकाले उनको सम्पर्कमा रहेका व्यक्तिलाई खोजतलास गर्नको लागि वडाअध्यक्ष, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको टिम बनाइएको थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले जानकारी दिए । उनले भने, 'संक्रमित व्यक्तिसँग जोडिएका सबै स्थानीयलाई गाउँपालिकाको क्वारेन्टाइनमा ल्याएर राखिने र सबैको पीसीआर रिपोर्ट परीक्षण गरिनेछ।'

६ जनाको आरडीटी पोजिटिभ 

धादिङमा गरिएको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) मा ६ जनाको रिपोर्ट पोजिटिभ देखिएको छ । सोमबार जिल्ला सदरमुकाम धादिङबेसी, गल्छी, गजुरी, ज्वालामुखीमा गरी दुई सय ३० जनाको आरडीटी परीक्षण गरिएको थियो । जसमा धादिङबेसीमा एक सय १४ जना, गजुरीमा ७५ जना, गल्छीमा ३५ जना ज्वालामुखीमा ६ जनाको परीक्षण गरिएको स्वास्थ्य कार्यालय धादिङका महामारी फोकल पर्सन दिपक अछामीले जानकारी दिए ।

गजुरीमा गरिएको परीक्षणमा तीनजना सुरक्षाकर्मीमा आरडीटी रिपोर्ट पोजेटिभ आएको गजुरी गाउँपालिकाका स्वास्थ्य संयोजक डा.रामहरी रेग्मीले जानकारी दिए । त्यस्तै धादिङबेसीमा पनि तीनजनाको रिपोर्ट पोजिटिभ आएको छ । उनीहरु सबै सुरक्षाकर्मी रहेको बताइएको छ ।

गजुरीमा सुरक्षाकर्मी ४३ जना, क्वारेन्टाइनका काम गर्ने, एम्बुलेन्स चालक एक-एकजना, जनप्रतिनिधि ५ जना, फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीको  आरडीटी परीक्षण गरिएको रेग्मीले जानकारी दिए।

आरडीटीमा पोजिटिभ देखिएपछि उनीहरु सबैको स्वाब पीसीआर परीक्षणका लागि टेकु पठाइएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.