प्रदेश १ का ७ जिल्लामा फैलियो कोरोना, संक्रमितको संख्या ५९ पुग्यो

प्रदेश १ का ७ जिल्लामा फैलियो कोरोना, संक्रमितको संख्या ५९ पुग्यो

विराटनगर : प्रदेश १ का १४ मध्ये ७ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । सात जिल्लामा कोरोना फैलिँदा संक्रमितको संख्या ५९ पुगेको छ ।  वैशाख ५ गते उदयपुरको त्रियुगा नगरपालिका ३ स्थित भुल्केमा एकै पटक १२ जना जमातीमा देखिएको कोरोना संक्रमण एक महिनामा ७ जिल्ला सम्म पुगेको हो ।

हालसम्ममा उदयपुर, झापा, भोजपुर, मोरङ, धनकुटा, खोटाङ र सुनसरीमा कोरोना संक्रमण फैलिएको छ। प्रदेश १ का तराई मधेसका जिल्ला बाहेक पहाडका दुई जिल्ला धनकुटा र भोजपुरमा मात्रै कोरोना संक्रमण फैलिएको छ। 

धनकुटामा बिरामीबाट कोरोना संक्रमण फैलिएको आशंका गरिएको छ । भोजपुरमा जिल्ला बाहिरबाट गएका युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो । हाल उनी कोरोना जितेर डिस्चार्ज समेत भइसकेका छन् ।

उदयपुर, झापा, मोरङ र सुनसरीमा भारतबाट नेपाल आएकामा धेरैमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे बताउँछन् । खोटाङका संक्रमित युवक भने काठमाडौबाट घर फर्किएका थिए। उनलाई काठमाडौबाट फर्किँदै कोरोना संक्रमण भएको आशंका स्थानीय जनप्रतिनिधिको छ । 

हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईका अनुसार संक्रमित २० वर्षीय युवक गत वैशाख १२ गते काठमाडौंबाट घर आएका थिए । उनलाई होम क्वारेन्टाइनमा राखिएको थियो । सात जिल्लामा कोरोना संक्रमण फैलदा संक्रमितको संख्या ५९ पुगेको छ ।

सबैभन्दा बढी उदयपुरमा ३३ जना संक्रमित छन् । त्यसपछि झापामा १२, धनकुटामा ६, मोरङमा ४, सुनसरीमा २, खोटाङ र भोजपुरमा १-१ जनामा संक्रमण पुष्टि भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेको कोरोना सूचना डेस्कले जानकारी दिएको छ । 

संक्रमित मध्ये १८ जना कोरोना जितेर डिस्चार्ज भएका छन्।बाँकी सबैको विराटनगरस्थित कोरोना विषेश अस्पतालमा उपचार भइरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.