घुस दिने कर्मचारी पक्राउ

घुस दिने कर्मचारी पक्राउ

 विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको निर्देशनमा अख्तियारको टोलीले मन्त्रालयका कर्मचारीलाई घुस बुझाउने सिचाँईका हाकिमलाई पक्राउ गरेको छ । जलश्रोत तथा सिचाँई विकास डिभिजन कार्यालय मोरङका डिभिजन प्रमुख आनन्दकुमार झालाई इटहरीस्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले बुधबार पक्राउ गरेको हो ।  

डिभिजन प्रमुख झाले आर्थिक मामिला तथा योजना मन्त्रालयको बजेट योजना तथा कार्यक्रम महाशाखामा कार्यरत शाखा अधिकृत विदुर पौडेललाई १० हजार रकम बुझाउन खोजेका थिए । 

झाले उक्त रकम खाममा पौडेलको कार्यकक्षस्थित टेबलको घर्रामा राखि दिएका थिए । खाम आफ्नो टेबलको घर्रामा झाले राखिदिएपछि पौडेलले यो के हो भनेर सोध्दा नभनेको पौडेलले बताएका छन् । 

साथै झाले आफूले पौडेललाई १० हजार नगद खाममा राखेर टेबलमा राखिदिएको तर पौडेलले अस्वीकार गरेको बताएका छन् । उक्त घटनापछि शाखा अधिकृत पौडेलले भष्टाचार जन्य कसुरमा सजाय गराई पाउँ भन्दै निवेदन दिएका थिए ।

यो घटनाको जानकारी पाउनसाथ प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ठाडो आदेश दिँदै घटनामा संलग्नलाई अख्तियारमा बुझाउन निर्देशन दिए । 

लगत्तै अख्तियारको इटहरीस्थित कार्यालयले झालाई प्रक्राउ गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयमा महिनौदेखि अन्य मन्त्रालय तथा कार्यालयको फाइल रोकिदै आएको गुनासो हुने गरेको थियो । 

भर्खरै मात्र पौडेल रहेको महाशाखाका प्रमुख उप–सचिव हरिहर पौडेलको सरुवा भएको थियो । उक्त शाखामा कर्मचारीहरुले दुःख दिनुका साथै फाइलसमेत हराउने, फ्याकिने र च्यातिने गरेको गुनासो अन्य मन्त्रालयका कर्मचारीहरुले गर्दै आएका थिए ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.