बैतडीमा थुनामा रहेका युवामा कोरोना संक्रमण, प्रहरी कार्यालय 'सिल'

बैतडीमा थुनामा रहेका  युवामा कोरोना संक्रमण,  प्रहरी कार्यालय 'सिल'

बैतडी : बैतडीका एकजनामा कोरोना पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । शिवनाथ गाउँपालिका २ का ती पुरुष गत चैत ६ गते भारतको नयाँ दिल्ली गुडगाउँबाट स्वदेश आएका बताइएको छ । 

शिवनाथ गाउँपालिका ४ की १९ वर्षीया किशोरी गीता महरको मृत्यु प्रकरणमा पक्राउ परेका युवामा कोरोना पुष्टि भएको हो । गीताको शव गत वैशाख १४ गते खोलाको किनारमा फेला परेपछि उनका आफन्तले दिएको जाहेरीका आधारमा ती युवकलाई प्रहरीले पक्राउ गरेको थियो । 

ती युवकको धनगढीमा थ्रोट स्वाब परीक्षणपछि कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए ।  उनले भने, 'प्रहरीको हिरासतमा रहेका २२ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई जिल्ला अस्पतालको आइसोलेसनमा राख्ने तयारी भएको छ । ती युवकको स्वास्थ्य अवस्था समान्य रहेको बुझिएको छ ।'

कर्तव्य ज्यान मुद्दामा प्रहरी हिरासतमा रहेका युवकमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रहरी सिल गरिएको छ । 'प्रहरी हिरासतमा रहेका युवकमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय 'सिल' गरेका छौं ।'

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले भने, 'हिरासतमा रहेका युवकमा कोरोना पुष्टि भएपछि कन्याक्ट ट्रेसिङको काम समेत सुरु भएको छ।' हिरासतमा रहेका ती युवकको दुई पटक आरडीटी गर्दा रिपोट नेगेटिभ आएको थियो तर पीसीआर परीक्षणमा रिपोर्ट पोजिटिभ आएपछि जिल्लामा कोरोनाको त्रास फैलिएको छ। 

जिल्लाका एक युवकमा कोरोना संक्रमण पुष्टि भएपछि कन्टयाक्ट ट्रेसिङ गरेर स्वाब संकलनको तयारी भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । भारतबाट फर्केका दुई हजार जतिको आरडीटी गरिएको छ भने ६ हजार जतिको कुनै परीक्षण भएको छैन् । भारतबाट फर्केका नागरिकको कोरोना परीक्षण नहुँदा संक्रमणको जोखिम पनि बढ्दै गएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.