कोरोना महामारीले बचतमा गिरावट

कोरोना महामारीले बचतमा गिरावट

काठमाडौं : विश्वव्यापी फैलिएको कोरोना महामारीका कारण चालु आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनको अनुपातमा कुल राष्ट्रिय बचत घट्ने भएको छ । कोभिड–१९ ले नेपाल भित्रिने रेमिट्यान्स दरमा गिरावट आएपछि यो अनुपातमा कमी आउने अनुमान गरिएको छ ।

आर्थिक सर्वेक्षण २०७६-७७ अनुसार यो आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनको ४६ प्रतिशत पुग्ने अनुमान छ । २०७५-७६ मा कुल राष्ट्रिय बचत ४८.९ प्रतिशत थियो । पछिल्लो दश वर्षमा कुल गार्हस्थ उत्पादनसँग कुल राष्ट्रिय बचतको अनुपात ४३.४ प्रतिशत छ ।

कोभिड रोकथाम तथा नियन्त्रणका लागि अन्तर्राष्ट्रिय उडानमा लगाएको रोकले पर्यटन आगमन र रेमिट्यान्समा आउनसक्ने कमीले कुल राष्ट्रिय बचत कम हुनेछ । आर्थिक वर्ष २०७५-७६ मा रेमिट्यान्सको वृद्धिदर उच्च रहेसँगै कुल राष्ट्रिय बचत वृद्धि भएको थियो । यो आर्थिक वर्षमा कुल राष्ट्रिय बचत १७ खर्ब ३३ अर्ब पुग्ने अनुमान छ । गत आवमा यो  १६ खर्ब ९१ अर्ब थियो ।

चालु आवको फागुनसम्म रेमिट्यान्स आप्रवाह १.८ प्रतिशतले वृद्धि भए पनि चैतदेखि विश्वव्यापी लकडाउने वैदेशिक रोजगारी प्रभावित भएसँगै यसमा कमी आउने निश्चित छ । त्यस्तै कुल गार्हस्थ उत्पादनको अनुपातमा कुल गार्हस्थ बचत पनि घट्ने देखिन्छ । सर्वेक्षणले चालु आवमा कुल गार्हस्थ उत्पादनसँग यसको अनुपात १८.१ प्रतिशत पुग्ने अनुमान गरेको छ। गत आवमा यो अनुपात १८.९ प्रतिशत थियो । 

कुल गार्हस्थ उत्पादनमा उपभोग घटाएर कुल गार्हस्थ बचत गणना हुन्छ । उपभोग खर्च यसपाली ३० खर्ब ८५ अर्ब रुपैयाँ पुग्ने अनुमान छ ।  पोहोर यो  २८ खर्ब दुई अर्ब मात्र थियो ।

लगानी र बचतको अन्तर घट्यो

विगतमा उच्च रहेको कुल गार्हस्थ बचत र लगानीको अन्तर यो आर्थिक वर्षमा कम हुने भएको छ । यो आर्थिक वर्षमा लगानी र बचतको अन्तरमा कमी आई ३२.१ प्रतिशत पुग्ने अनुमान छ । गत आवमा यो अन्तर ३७.६ प्रतिशत थियो ।

चालु आवमा कुल लगानीमा कमी आए पनि लगानीको तुलनमा कुल गार्हस्थ बचतमा वृद्धि भएकाले बचत र लगानीको अन्तर कम भएको हो । त्यस्तै कुल राष्ट्रिय आय र कुल लगानीबीचको अन्तर यसपाली पनि ऋणात्मक नै हुने देखिएको छ । गत आवमा ७.७ प्रतिशतले ऋणात्मक रहेको यो अन्तर चालु आवमा ४.२ प्रतिशत पुग्ने अनुमान छ । २०७३-७४ देखि निरन्तररुपमा यो ऋणात्मक रहँदै आएको छ।

तथ्यांक

कुल राष्ट्रिय बचत : १७ खर्ब ३३ अर्ब, पोहोर : १६ खर्ब ९१ अर्ब

कुल गार्हस्थ बचत : ६ खर्ब ८१ अर्ब, पोहोर : ६ खर्ब ५६ अर्ब

लगानी : १८ खर्ब ८९ अर्ब, पोहोर : १९ खर्ब ५६ अर्ब

कुल राष्ट्रिय खर्च योग्य आम्दानी : ४८ खर्ब १८ अर्ब, पोहोर : ४४ खर्ब ९६ अर्ब

उपभोग : ३० खर्ब ८५ अर्ब,  पोहोर : २८ खर्ब दुई अर्ब


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.